पोखरामा अधिकारीको घरमा आगलागी

पोखरा, २३ भदौ ।
पोखरा १ अधिकारी टोलस्थित शशिधर अधिकारीको घरमा आगलागी भएको छ । ग्याँस लिक भएर आगलागी भएको हो ।

स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । पछिल्लो समय पोखरामा आगलागीका घटना बढेका छन् । ग्यास लिक, विद्युत सट लगायतका कारणले आगलागी बढेपछि सतर्क रहन आग्रह गरिएको छ ।

You might also like

Comments are closed.