पोखरामा अन्तर्राष्ट्रिय फेसन विकको तयारी, निकालियो साइकल ¥याली

आर्थिक आवाज
पोखरा, १६ चैत । नेपाली नयाँ वर्ष २०७६ को अवसरमा पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय फेसन विक नेपाल पोखराको तयारी तिव्र पारिएको छ । पोशाक महासंघ नेपाल र डिजाइनर एशोसिएसनको संयुक्त आयोजनामा फेसन सप्ताह हुन लागेको हो । फेसन विकको प्रचारप्रसारको लागि शनिबार पोखरामा साइकल ¥यालीको आयोजना गरियो । पोखरा सभागृहबाट सुरु भएको ¥याली हेम्जासम्म पुगेको थियो । साइकल सिटी पोखरा र विष्णु पादुका क्लब हेम्जासँगको सहकार्यमा साइकल ¥याली गरिएको हो ।

द काठमाडौं पोष्टको प्रस्तुतिमा फेसन विक यहि चैत्र २८ गतेदेखि ३० गतेसम्म न्युरोड भाटभटेनीमा रहेको पोखरा स्काई स्र्पोटस्मा आयोजना हुनेछ । फेसन विकमा नेपालभरका २० जना महिला र ५ जना पुरुष गरी कुल २५ जना मोडलहरु ¥याम्प वाल्कमा उत्रनेछन् । यसका अलावा गण्डकी प्रदेशमा रहेको जातीय समुदायको भेषभुषा स्थानिय मोडलबाट प्रर्दशन गरिनेछ ।

गायक स्वप्न सुमन, सागर आले, सन्तोष बस्याल लगायतले कार्यक्रमको रौनतका थप्नेछन् । कल्चरल नृत्य समेत तहाँ हेर्न पाइनेछ । तीन दिनसम्म हरेक साँझ ६ बजेबाट राति ११ बजेसम्म कार्यक्रम हुनेछ । कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क पाँच सय तिनुपर्नेछ । डिनर सहितको लागि दुई हजार रुपैयाँ शुल्क लाग्नेछ ।

फेसन विकका लागि चैत्र २० गते कोरियोग्राफर र मोडल पोखरा आइपुग्ने छन् । २१ गतेबाट ट्रेनिङ हुनेछ । फोटो सुट समेत पोखरामा गरिने तयारी गरिएको आयोजक डिजाइनर एशोसिएसनका अध्यक्ष दीपक न्यौपानेले जनाए । ‘यो अन्तर्राष्ट्रिय स्तरको फेसन सो हो, हलिउडका ज्वलरी डिजाइनर मोना श्राफ सहित हङकङ, मलेसिया, भारतबाट समेत डिजाइनर सहभागी हुनेछन्,’ उनले भने । फेसन विकमा नेपाली संस्कृति झल्कने खालका भेषभुषालाई महत्व दिदै प्रर्दशन गरिनेछ । यसले अन्तर्राष्ट्रिय फेसन विकमा जान नेपालीलाई अवसर सिर्जना गर्ने अपेक्षा आयोजकको छ । कलात्मक डिजाइनमा सजिदै मोडलहरुले देखिनेछन् । हरेक दिन ६ वटा सिक्वेन्समा ६० वटा पहिरनमा डिजाइनरले सजाएर मोडललाई उतार्ने आयोजकको तयारी छ । कार्यक्रमले गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक पर्यटक वर्ष २०१९ लाई सघाउ पु¥याउने आयोजकको विश्वास छ ।

You might also like

Comments are closed.