पोखरामा अन्तर लायन्स फुटबल प्रतियोगिता शुरु

पोखरा,२ फागुन । पोखरामा अन्तर लायन्स एट ए साइड फुटबल प्रतियोगिता बिहीबार शुरु भएको छ । लायन्स क्लब अफ पोखरा डाउन टाउनको आयोजनामा टुँडिखेलस्थित राष्ट्रिय माविको खेलमैदानमा शुरु भएको प्रतियोगितामा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वि १ नेपाल अन्तर्गतका १६ टिम सहभागी छन् ।

आजको खेलमा लायन्स क्लब अफ पोखरा सुन्दर नगरीलाई २–० गोल अन्तरले पराजित गरी गोल्डेनचौतारी विजयी भयो ।

लायन्स पोखरा माछापुच्छ«े र  हेल्पफुल हेण्डबीचको खेलमा हेल्पफुल ३–०, हेम्जा र आदर्श स्माइलबीचको खेलमा हेम्जा २–०, लायन्स स्याङजा र गोल्डेन सिटीबिचको खेलमा गोल्डेन सिटी ७–१ तथा लायन्स स्टक र आयोजक डाउनडाटन बीचको खेलमा टाइब्रेकरमा डाउनटाउन ४–३ विजयी भएको प्रतियोगिता संयोजक सुशील पौडेलले बताए ।

jutta mela

प्रतियोगिताको डिष्ट्रिक्ट गभर्नर अशोक श्रेष्ठले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै उनले स्वस्थ शरीर नभएसम्म सामाजिक कार्य गर्न नसकिने भएकाले मानव जीवनमा खेलकूदको विशेष महत्व रहेको बताए ।

क्लबका अध्यक्ष भानुभक्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गर्भनर धु्रव थापा, क्लबका निवर्तमान अध्यक्ष हरि पराजुली, जोन चियस पर्सन रहमोहन सुवेदी तथा रिजन चियर पर्सन प्रमोद लामिछाने लगायतले प्रतियोगिताको महत्वका बारेमा प्रकाश पारेका थिए ।  लायन्स क्लबका सदस्यहरुबीच आपसी भाइचारा, सद्भाव र मित्रता कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष अधिकारीले बताए ।

प्रतियोगिताको बिजेता टिमले रु. ५५ हजार ५५५, शिल्ड तथा प्रमाणपत्र र उपविजेताले रु. ३३ हजार ३३३ सहित शिल्ड र प्रमाण प्राप्त गर्ने प्रतियोगिता संयोजक सुशील पौडेलले बताए ।

सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, अनुसाशित टिम, प्रतियोगिताका ज्येष्ठ खेलाडी तथा हरेक खेलका म्यान अफ दी म्याचलाई पनि पुरस्कार प्रदान गरिने आयोजकको भनाई छ । प्रतियोगिता सम्पन्न गर्न रु. ६ लाख २८ हजार ८८८ खर्च लाग्ने र बचत रकम सामाजिक काममा खर्च गरिने अर्थ संयोजक प्रमोद लामिछानेले बताए । प्रतियोगिता ४ गतेसम्म सञ्चालन हुनेछ ।

You might also like

Comments are closed.