पोखरामा अन्र्तराष्ट्रिय नाटक महोत्सव हुने

पोखरा, २ फागुन

पोखरामा फागुन १५ गतेदेखी अन्र्तराष्ट्रिय नाटक महोत्सव हुने भएको छ । पोखरा थिएटर र युथ क्रियसन थिएटरको संयुक्त आयोजनामा फागुन १५ गतेदेखी २२ गतेसम्म ‘पोखरा अन्र्तराष्ट्रिय नाटक महोत्सव’ हुन लागेको हो । ‘पर्यटन प्रवद्र्धन र नाट्य संस्कृति विकासका लागि कलात्मक यात्रा’ मूल मन्त्रसहित ८ दिनसम्म हुने महोत्सवमा ८ वटा नाटक मञ्चन गरिने महोत्सव निर्देशन परिवर्तन कार्कीले जानकारी दिए । उनका अनुसार महोत्सवमा ४ वटा नेपालका र ४ वटा भारतका नाटक मञ्चन हुनेछन् ।

महोत्सवको पहिलो दिन निरमाया, दोश्रो दिन भारतको ब्ल्याक एण्ड ह्वाइट, तेश्रो दिन मेसेडोनियाको प्राइभेट कन्फेसन, चौथो दिन नेपालको घेरो, पाचौं दिन गैंडा, छैटौं दिन भारतको इन ट्राञ्जिट, सातौं दिन नेपालको मेमोरी यार्ड र आठौं दिन श्रीलंकाको लभ एण्ड लाइफ नाटक मञ्चन हुने परिवर्तनले जानकारी दिए । महोत्सवको अवसरमा नाटक मञ्चनका अतिरिक्त विविध सांस्कृतिक झाँकीहरुको प्रदर्शनी, फोटो प्रदर्शनी, दैनिक अन्र्तक्रियालगायतका कार्यक्रमसमेत गरिने जनाइएको छ ।

महोत्सव सम्पन्न गर्न करीब ६१ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएका छन् । महोत्सवले विश्व नाटक बुझ्ने अवसर प्रदान गर्ने महोत्सवका निर्देशक परिवर्तनले बताए । उनले पर्यटन प्रवद्र्धन र संस्कृति बुझ्नपनि महोत्सवले सघाउने उल्लेख गरे । महोत्सवका म्यानेजर सौगात पोखरेलले कुनै समय नाटकको राजधानी भनेर चिनिने पोखरामा बिचको समय मन्दी भएपनि पछिल्लो क्रममा पुनः नाटक मञ्चन हुन थालेकाले यो प्रयासलाई सघाउनका लागि अन्र्तराष्ट्रिय महोत्सव कोशेढुंगा सावित हुने बताए ।

पोखरा थिएटर एक वर्ष पूरा

पोखरामा नाटक पुनः ब्यूँताउने पोखरा थियटर दोश्रो वर्षमा प्रवेश गरेको छ । पोखरा थियटर बुधबारदेखी दोश्रो वर्षमा प्रवेश गरेको हो । थियटरको प्रथम वार्षिकोत्सवको अवसरमा केक काटेर सेलेब्रेसन गरिएको थियो । प्रथम वार्षिकोत्सवको अवसरमा  www.pokharatheatre.com.np वेबसाइटपनि लञ्च गरेको छ । वेबसाइटको पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले शुभारम्भ गरे ।

You might also like

Comments are closed.