पोखरामा अपोलो टायरको ग्राहक भेटघाट

आर्थिक आवाज
पोखरा । अपोलो टायरको ग्राहक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ । अपोलो टायरको आधिकारिक बिक्री वितरण गर्दै आइरहेको मोनिका सप्लायर्स पोखराको आयोजनामा शुक्रबार कार्यक्रम भएको हो ।

उक्त अवसरमा बोल्दै अपोलो टायरका कन्टी हेड दीगेश्वर दिब्बेद्दीले अपोटो टायरको गुणस्तर राम्रो भएकाले धेरै ग्राहकको रोजाईमा परेको बताए । ‘नेपालमा अपोलो टायरको माग राम्रो छ,’ उनले भने । आधुनिक प्रविधिबाट तयार पारिएकाले अपोलो टायर उच्च गुणस्तरीय रहेको अपोलो टायरका बिजनेस डेभलपमेन्ट मैनेजर अभिशेक क्षीबास्वले बताए ।

नेपाली बाटो सुहाउँदो टायर कम्पनीले उत्पादन गरिरहेको अर्का बिजनेस डेभलपमेन्ट मैनेजर सुदेस बर्माले बताए । ग्राहकलाई सस्तो मूल्यमा राम्रो टायर उपलब्ध गराउन कम्पनी सफल रहेको कस्टमर सर्भिस अफिसर परेस कुमारले बताए ।

अपोलो टायरको बजार प्रवद्र्धन गर्ने लक्ष्यले कार्यक्रम आयोजना गरिएको मोनिका सप्लायर्सका सञ्चालक मोहनबावु खड्काले बताए । मोनिका सप्लायर्सले पोखरामा अपोलो टायर बिक्री गर्दै आइरहेको छ । भारतमा लोकप्रिय रहेको अपोलो टायरको माग नेपालमा पनि बढिरहेको खड्काल जानकारी दिए । कार्यक्रममा पोखरा क्षेत्रका ग्राहक तथा उद्योगी, व्यवसायीहरुको उपस्थिति थियो ।

You might also like

Comments are closed.