पोखरामा अशोक लेल्याण्डको पिकअप भ्यानको बिक्री शुभारम्भ

आर्थिक आवाज
पोखरा, २६ चैत । आइएमई ग्रुप अन्तर्गतको आइएमई मोटर्सले पोखरामा अशोक लेल्याण्ड गाडीको पिकअप भ्यानको बिक्री शुभारम्भ गरेको छ । मंगलबार एक कार्यक्रमका बीच ग्राहक भेटघाटसहित पिकअप भ्यानको बिक्री शुभारम्भ गरिएको हो ।

सामान ओसारप्रसारका लागि प्रयोग हुने उक्त भ्यान १४१८ सिसी क्षमताको छ । अफरोडका लागि समेत उपयुक्त रहेको यो भ्यानको ब्लुबुकमा १४७५ केजी सामान बोक्न सक्ने क्षमता कायम छ । २ वर्ष ६ महिनाका लागि तथा एक लाख किलोमिटरसम्म नियमित सर्भिसिङमा लाग्ने पार्टसहरु कम्पनीले नै व्यहोर्ने आइएमई मोटर्सका पोखरा शाखा प्रवन्धक खेम क्षेत्रीले जानकारी दिए । ‘क्यासलेस इन्स्योरेन्सको सुविधा छ,’ उनले भने ।

राम्रो माइलेज रहेकाले पनि ग्राहकको रोजाईमा यो भ्यान पर्ने प्रडक्ट इन्चार्ज प्रभातकिरण विष्टले बताए । शाखा प्रवन्धक खेम क्षेत्री, प्रडक्ट इन्चार्ज प्रभातकिरण विष्ट, रिजनल अफिसर सुशील रखाल, सेल्स हेड सुशील थापा लगायतले ग्राहक भेटघाट कार्यक्रमलाई सहजीकरण गरेका थिए । अशोक लेल्याण्डका बस, ट्रक, टिपर, स्कुल बस, प्यासेन्जर भ्यान लगायतका गाडी नेपाली बजारमा उपलब्ध छन् । बिक्री पछिको सेवालाई प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ । आइएमई मोटर्सले देशभर आफ्नै शाखा तथा सर्भिस सेन्टरहरु बिस्तार गरिरहेको छ ।

You might also like

Comments are closed.