पोखरामा आयोजित किवानिज शैक्षिक सम्मेलन सम्पन्न

पोखरा, १८ भदौ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज इन्टरनेशनल नेपालको तीन दिने शैक्षिक सम्मेलन पोखरामा सम्पन्न भएको छ । शुक्रबार पोखरामा सुरु सम्मेलन आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा बाल्दै किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष सुजनकुमार श्रेष्ठ र किवानिज इन्टरनेशनल एसिया प्यासिफिकका अध्यक्ष पिटर जेन्डरले शैक्षिक सम्मेलनको उद्घाटन गरेका थिए ।

अध्यक्ष श्रेष्ठले किवानिज इन्टरनेशनलले वार्षिकरुपमा क्लबका पदाधिकारीलाई प्रविधियुक्त बनाउन शैक्षिक सम्मेलन आयोजना गरिएको बताए । किवानिज इन्टरनेशनल एसिया प्यासिफिकका अध्यक्ष पिटर जेन्डरले १ सय बढी सहभागीलाई क्लब निर्माण, अन्तर्राष्ट्रिय पोर्टल सञ्चालन, अनलाइन र इमेलबाट रिपोर्ट तथा जानकारी पठाउने र पाउने विधिका बारेमा प्रशिक्षण दिएका थिए । उनले अन्य विकासोन्मुख देशहरु भन्दा नेपालमा किवानिजले बालकालिकाको क्षेत्रमा उत्साहप्रदरुपमा काम गरेकोमा आफू उत्साहित भएको बताए ।

सम्मेलनका संयोजक तथा किवानिज इन्टरनेशनल नेपालका सचिव लक्ष्मण लम्सालले शैक्षिक सम्मेलनमा क्लबका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई अनिर्वाय उपस्थिति भएको जानकारी दिए । उनले सम्मेलनमार्फत आगामी वर्षका लागि चयन भएका किवानिज क्लबका पदाधिकारीलाई क्लबको गतिविधिलाई अनलाइन पोर्टल मार्फत अद्यावधिक गर्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष सुजनकुमार श्रेष्ठले हाल नेपाल भित्र २५ वटा किवानिज क्लबमा ७ सय भन्दा बढी सदस्य आवद्ध रहेको उल्लेख गरे । ‘हामीले विभिन्न जिल्लामा बालबालिकालाई स्टेशनरी, खाजा, खेलकुद सामग्री लगायतका सामान प्रदान गर्दै आएका छौं । यस्तै बालबालिकाको नेतृत्व विकास, मनोवैज्ञानिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गदैँ आएका छौ,’ उनले भने ।

यस्तै किवाजि इन्टरनेशनल सिन्धुपाल्चोक क्लबका अध्यक्ष सुजित बस्नेतले शैक्षिक सम्मेलनले क्लबका पदाधिकारीको सिप र प्रविधि विकासमा सहयोग पुग्ने बताए । उनले सिन्धुपाल्चोक क्लब मार्फत सिन्धुपाल्चोक जिल्लाका दुुर्गम स्थानका विशेषगरी सरकारी विद्यालयमा स्टेसनरी, झोला, खाजा, नेतृत्व विकास र रक्तदान लागायतका सामाजिक कार्यक्रम गदै आएको जानकारी दिए ।

किवानिज चिल्ड्रेन फन्ड नेपाल चेयर दामोदर ढकालले सन् २०२० सम्ममा १ करोड राशिको किवानिज चिल्ड्रेन फन्ड नेपाल व्यवस्थापन गर्न लागिएको बताए । उनले यसरी बन्ने उक्त कोष मार्फत क्यान्सर पीडित बालबालिका राहत कार्यक्रम, विपद् व्यवस्थापन, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने प्रमुख लक्ष्य रहेको बताए ।

You might also like

Comments are closed.