पोखरामा इसुजु गाडीको रोड सो कार्यक्रम, एक्स्चेन्ज अफर शुक्रबारसम्म

आर्थिक आवाज
पोखरा ८ माघ । पोखरामा इसुजु गाडीहरुको रोड सो कार्यक्रम मंगलबार सम्पन्न भएको छ । पोखराका विभिन्न ठाउँहरुमा रोडसो कार्यक्रम सञ्चालन गरिएको इसुजुका लागि गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता रिलायन्स इन्टरकन्टिनेन्टल प्रा.लि.ले जनाएको छ ।

कार्यक्रममा इसुजु ब्रान्डका ठुलादेखि साना विभिन्न रेन्जका गाडीहरु प्रदर्शन गरिएको छ । हाल बजारमा इसुजु मोडेलका गाडीहरुको माग अत्याधिक रहेकोे कम्पनीकोे दावी छ । सबै वर्गका ग्राहकको लागि इसुजुका गाडीहरु उपयुक्त रहेको रिलायन्स इन्टरकन्टिनेन्टल प्रा.लि.का प्रवन्ध निर्देशक ईन्द्र बहादुर कुँवरले बताए ।

एक्स्चेन्ज अफर
आफ्ना ग्राहकहरुलाई मध्यनजर गरी इसुजु गाडीहरुको पोखरामा ‘बृहत गाडी एक्स्चेन्ज अफर’ सञ्चालन भएको छ । मंगलबार सुरु भएको अफर कार्यक्रम ११ गते शुक्रबारसम्म जारी रहने प्रालिले जनाएको छ ।

‘पुरानो गाडी छोड्नुहोस नयाँ इसुजु शानले चढ्नुहोस’ अभियानका अफर कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । इसुजुको सोरुम नयाँबजार पोखरामा एक्स्चेन्ज अफर सञ्चालन भइरहेको छ । बिक्री पछिको सेवा राम्रो रहेको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.