पोखरामा उद्यमी महिलाहरुद्धारा ब्लसिनपल पार्लर सञ्चालन

पोखरा, ३० भदौ ।

पोखराका महिला उद्यमीले संयुक्त लगानीमा नयाँ ब्यवसाय सुरु गरेका छन् । ब्यवसायिक क्षेत्रमा लामोसमयको अनुभव पछि उनीहरुले संयुक्त रुपमा पार्लर खोलेका हुन् ।

फरक फरक ब्यबसाय पछि रत्न इम्पोरियम चिप्लेढुङगाकी सञ्चालक बिमला श्रेष्ठ, अलमोन्डस क्याफे चिप्लेढुङगाकी सञ्चालक शान्ति श्रेष्ठ उदास, एस बज्राचार्य सुनचाँदी पसल महेन्द्रपुलकी सञ्चालक संगीता तुलाचन बज्राचार्यको समूहले ब्लसिनपल यूनिसेक्स पार्लर संचालन गर्न लागेका हुन् ।

पोखरामा बढ्दै गएको फेसन र सौन्दर्यताको क्रेजलाई समातेर ब्यवसाय गर्न लागिएको उनीहरुले बताए । ‘ब्राण्ड र क्वालिटी खोज्न पोखरेलीहरु अब शहर छोडी बाहीर जानु नपर्ने सञ्चालकको दावी छ । साथै यसले गण्डकी प्रदेशको आर्थिक समृदिमा टेवा पुग्ने बताए । राम्रो ब्राण्ड र क्वालिटिको सामान गुणस्तरिय सेवा दिने हेतुले पार्लर सञ्चालन गरिएको हो । उनीहरुले भने–पोखरा अव काठमाण्डौं भन्दा अगाडी छ । आर्थिक समृद्धिको लागी पोखरामा पर्यटन भित्राउन को लागी बाहीरी मानिसहरुलाई पोखरा बोलाउने हैसियत हामी बनाउछौं ।’ पुरुष र महिलाहरुको लागि फेसन र पर्सनालिटी कायम गर्ने उच्च प्रविधियुक्त र ग्राहकमैत्री पार्लर सञ्चालन गरीएको हो ।

पार्लरको उद्धघाटन समारोहमा बरिष्ठ सौन्दर्यबिद कमला श्रेष्ठले उधम सञ्चालनको लागी अब महिलाहरु सक्षम भएर लाग्नेछन् पोखरामा पनि यस्ता खालका पार्लरहरु खुल्न आबश्यक भएको बताइन् ।

उद्घाटन कार्यक्रम मा नेपाली फिल्म इन्डष्ट्रिजका नायक आयूष्मान देशराज जोशी श्रेष्ठ, आशिरमान देशराज जोशी श्रेष्ठ, नायिका प्रियंका कार्की, बैंकर रविना देशराज श्रेष्ठ, लगायतको उपस्थिती थियो ।

You might also like

Comments are closed.