पोखरामा एनसेल कार्यालय अगाडि बम

पोखरा, १३ जेठ । पोखराको सिर्जनाचोकस्थित एनसेलको कार्यालय अगाडि संकास्पद बस्तु फेला परेको छ । कुकरबम जस्तो देखिने उक्त संकास्पद बस्तुको पहिचान गरी निस्कृय बनाउन नेपाली सेनाको टोली उक्त स्थानमा पुगिसकेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीले आफ्ना कार्यकर्ताकोे हत्या गरिएको भन्दै सोमबार बन्द आयोजना गरेको हो । बन्दको पूर्वसन्ध्यामा आइतबार राति नै उक्त स्थानमा बम राखेको पाइएको छ । प्रहरीले उक्त स्थानलाई रातिदेखि नै निगरानीमा राखेको थियो ।

You might also like

Comments are closed.