पोखरामा करेन्ट लागेर एकको मृत्यू

 

पोखरा, १० मंसीर

पोखरामा विद्युतीय करेन्ट लागेर सोमबार एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ का ३३ वर्षिय रमेश गर्बुजाको विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर मृत्यू भएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा १४ बाच्छेबुडुवास्थित क्रसर उद्योगमा बिजुलीको तार मर्मत गर्ने क्रममा गर्बुलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । तर उनको उपचारकै क्रममा मृत्यू भएको प्रहरीले बताएको छ ।

You might also like

Comments are closed.