पोखरामा कोरोना सतकर्ताः लेकसाइडमा राखियो हेल्थ डेक्स

डेक्सबाट कोरोनाबारे सचेतनामूलक जानकारी गराइने

पोखरा । कोरानो भाइरस भित्रन नदिन पोखरामा सतर्कता अपनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइडमा हेल्थ डेक्स स्थापना गरेको छ । पोखरा महानगरपालिकाले लेकसाइडस्थित वाराहीचोकमा डेक्स स्थापना गरेको छ ।

कोरोना भाइइरसको संक्रमण फैलन नदिन महानगरले वाराहीचोकमा हेल्थ डेक्स स्थापना गरेको हो । सडकमा आवात जावत गर्ने व्यक्तिहरुले ज्वरो नाप्ने, सेनिटाइजरको प्रयोग र रुघाखोकीका बारेमा जानकारी गराइने व्यवस्था गरिएको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् । ‘महानगरको आइतबार बसेको बैठकले लेकसाइडमा डेक्स स्थापना गर्ने निर्णय गरेको थियो, त्यही अनुसार स्थापना गरिएको हो,’ उनले भनिन् ।

डेक्सबाट कोरोनाको लक्ष्णा, बच्ने उपाय लगायका बारेमा स्वास्थ्यकर्मी सहित सचेतनामूलक जानकारी गराइने महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । बाराहीचोकमा स्थापना गरिएको हेल्थ डेस्कको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले सोमबार अनुगमन गरिन् । अनुगमनका क्रममा कोरोनाबारे राम्रोसंग मानिसहरुलाई जानकारी गराउन र डेक्स धेरै मानिसहरुको आवतजावत हुने स्थानमा राख्न सुझाव समेत दिइन् । पोखरा महानगरले पोखरा विमानस्थलमा पनि डेल्थ डेक्स स्थापना गरेको छ ।

You might also like

Comments are closed.