पोखरामा क्यान इन्फोटेक मेला हुने

तनहुँ ५ फागुन
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले क्यान इन्फोटेक मेला–२०१९ आयोजना गर्ने नभएको छ ।  क्यान आगामी फागुन १८ गतेदेखि पोखरामा क्यान इन्फोटेक मेला गर्ने बारे आइतबार दमौलीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

विश्वमा पछिल्लो समय प्रयोगमा आइरहेका सूचना प्रविधिको वृहत ज्ञान दिने उद्देश्यले प्रदेश स्तरीय क्यान इन्फोटेक मेला आयोजना गरिएको मेला संयोजक युवराज पौडेलले जानकारी दिए । इन्फोटेकमा वृहत सूचना प्रविधि प्रदर्शनीका साथै प्रदेशस्तरीय टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट सञ्चालन गरिने क्यान सचिव विकास भुर्तेलले बताए ।

सो अवसरमा कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर समेत प्रदान गरिने भएको छ । आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादन प्रदर्शनी तथा अन्य आइसिटीसँग नविनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी, मोबाइल प्रदर्शनी एवं बिक्री गरिने आयोजकले जनाएको छ । मेलामा क्यानले दृष्टिविहीनहरुलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गरिने आयोजकले जनाएको छ ।

मेलामा सूचना प्रविधिसँग सम्बन्धित १ सय भन्दा बढि स्टल रहने बताइएको छ । मेलालाई भायनेटले मुख्य प्रायोजन गरेको छ भने इन एसोसिएसन विथमा आइएमई पे, इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, आइटी सेक्युरिटी पार्टनरमा टिपी लिंक ट्रेडर्सले सहकार्य गर्ने भएको अध्यक्ष पौडेलले जानकारी दिए । मेला फागुन २४ गतेसम्म चल्ने छ । पत्रकार सम्मेलनमा पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आर्चाय, कम्प्युटर एसोसिएसन नेपाल (क्यान) का गण्डकी प्रदेका अध्यक्ष चिन्तामणि बास्तोला,उपाध्यक्ष तुलसीराम पाण्डे लगायतले इन्फोटेक मेला–२०१९ को सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

You might also like

Comments are closed.