पोखरामा क्लियर टिभीको सेवा सञ्चालन, सेटअप बक्स निःशुल्क

पोखरा, २० चैत ।

पोखरामा क्लियर टिभी भित्रिएको छ । पोखरा इन्टरनेट प्रालि गैह्रापाटनले केही समय अगाडिदेखि पोखरा तथा आसपासका क्षेत्रमा क्लियर टिभीको जडान सुरु गरेको हो । पुरै डिजिटल प्रविधिमा क्लियर टिभीको जडान सुरु गरिएको प्रालिका प्रवन्ध निर्देशक सरोज कोइरालाले जानकारी दिए ।

हरेक टिभी जडान गर्ने क्रममा एउटा सेटअप बक्स उपहार प्रदान गरिने कोइरालाले बताए । राष्ट्रिय र अन्तर्राष्ट्रिय टिभी च्यानलहरुको साथमा पोखराका स्थानीय टिभीहरुसमेत हेर्न सकिन्छ,’ उनले भने, ‘पोखरामा सेवा सुरु भएको छोटो समयमा ३ हजार जनाले क्लियर टिभी जडान गरिसकेका छन् ।’
सेवा शुभारम्भको अवसरमा प्रालिले सेटअप बक्सको अफर ल्याएको उनले जानकारी दिए । ‘ग्राहकले २ हजार रुपैयाँ तिरेर ६ महिनासम्म टिभी हेर्न सक्छन्,’ उनले भने । एक वर्षको एकैपटक शुल्क तिर्दा थप २ महिना टिभी हेर्न सकिने कोइरालाले जानकारी दिए । एक वर्षको जडान गर्दा ४ सय रुपैयाँसमेत छुट प्रदान गरिने उनले बताए । सेवा जडानको पहिलो ६ महिना वा एक वर्षपछि मासिक ३ सय, ५ सय र ७ सयका विभिन्न प्याकेजहरु उपलब्ध गराइने उनले बताए ।
क्लियर टिभी जडान गरेपछि २ सय भन्दा बढी टिभी च्यानल आउने प्रालिका प्रवन्धक विजेशशंकर पालिखेले बताए । अहिले भइरहेका ग्राहकले पुरानै संरचनाबाट टिभी जडान गर्न सक्नेछन् । ‘सेटअप बक्समात्रै परिवर्तन गरेर तारहरु पुरानै प्रयोग गर्न सकिन्छ,’ उनले भने ।

६ महिनाका लागि इन्टरनेट जडान गरेमा पनि ६ महिनाकै लागि निःशुल्क टिभी जडान गरिने उनले जानकारी दिए । उच्च गुणस्तर, स्तरीय च्यानल, २४सै घन्टा सेवा लगायतका विशेषताले क्लियर टिभीप्रति ग्राहकको आकर्षण बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए । ‘व्यावसायिक प्रतिष्ठान तथा होटलहरुमा क्लियर टिभी जडानको माग राम्रो छ,’ उनले भने ।

You might also like
6 Comments
  1. Bishnu says

    Mero gharma 2ota tv xa tesko lagi kasto tarika le jadan garna sakinxa sabai bataidinus na suru ma kati kharcha lagxa ekai jadan bata 2 ta tv herna milxa ki nai

  2. Rajan says

    What about in syangja

  3. Rajan says

    In syangja nee

  4. Bikas ranabhat says

    Pokhara 31 lamaswara ma raunchy bane net ‘re clear tv jodnu paryo 9856025317

  5. Manoj koirala says

    I also want to connect it.

  6. Manoj koirala says

    9856042864 Call me

Comments are closed.