पोखरामा खुल्यो क्यालिवर जुत्ताको शोरुम

पोखरा, २१ फागुन
नेपाली ब्राण्ड क्यालिवर जुत्ताको आधिकारिक शोरुम पोखरामा खुलेको छ । नेपाली युवा पुस्तामाझ लोकप्रिय ब्राण्ड क्यालिवर जुत्ताको आधिकारीक सोरुम आईतवार देखि पोखरामा संचालनमा आएको हो । नेपालको १३औं र पोखराको अधिकृत बिक्रेता शोरुम रहेको कम्पनीले छिट्टै अन्य ठाउँहरुमा पनि खोल्ने वताएको छ । पोखरा र यस क्षेत्रका आम उपभोक्ताहरुको माग अनुसार सोरुम संचालनमा ल्याएको क्यालिवर जुत्ताका ब्रान्च म्यानेजर विवेक पहारीले बताए ।

नेपालमा उत्पादन भएका क्यालिवर व्रान्डका विभिन्न प्रकारका जुत्ताहरु आम उपभोक्ताहरुलाई सहज ढंगले उपलब्ध गराउने उद्धेश्यले गण्डकी प्रदेशकै पहिलो सोरुम पोखरामा स्थापना गरिएको उनको भनाई छ । नेपाली उत्पादन लाई अझ बढी र सहजै प्रयोगमा ल्याउनको लागि र पोखरा क्षेत्रमा माग बढी भएकोले आफुहरुले उक्त सोरुम स्थापना गरेको कम्पनीले वताएको छ । सामान्यतया महिला पुरुष दुवैका लागि फर्मल , क्याजुअल, स्पोट्र्स, बुट लगायतका जुत्ताहरु विभिन्न साईज र कलरमा उपलब्ध रहेका छन्।

नेपाली जुत्ताको भेरियन्ट मध्ये उच्चस्तरिय लुक्स र डिजाईन सहित सर्वसुलभ मुल्यमा क्यालिवर जुत्ता सोरुममा उपलब्ध हुने पहारीले जानकारी दिएका हुन्। उद्घाटनको अवसरमा एक हप्ता सम्म जुत्ता खरिदमा १० प्रतिशत बिषेश छुटको व्यबस्था समेत रहेको छ। काठमाडौंमा उत्पादन हुने कम्पनीमा २ सय कर्मचारीले प्रत्यक्ष रोजगारी पाईरहेको कम्पनीले वताएको छ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.