पोखरा, ४ वैशाख ।
पोखरामा जुस बार नेपाल सञ्चालनमा आएको छ । अत्याधुनिक प्रविधिका मेसिनहरुमार्फत फलफल पेलेर ग्राहकलाई ताजा जुस उपलब्ध गराउने उद्देश्यले पोखराको नयाँबजारमा जुस बार खोलिएको सञ्चालक राम अधिकारीले जानकारी दिए । जुस बारमा ३० लाख रुपैयाँ लगानी भएको उनले बताए ।
भारतीय कम्पनी जुस एण्ड जुसका ३ वटा अत्याधुनिक मेसिनमार्फत फलफुल पेलेर जुस तयार पारिने अधिकारीले बताए । ‘जुसका लाग यस प्रकारको प्रविधि नेपालमा पहिलो पटक भित्र्याइएको हो,’ उनले भने । पोखरामा खुलेको जुस बार नेपाल ब्राण्डलाई पोखराका विभिन्न ठाउँसहित देशभर विस्तार गरिने अधिकारीले बताए । ‘छिट्टै पोखराको न्युरोड, लेकसाइड, मनिपाल हस्पिटल तथा चितवनमा शाखा खोल्ने तयारी भइरहेको छ,’ उनले भने ।
शतप्रतिशत शुद्ध, ताजा र हाइजेनिक जुस खुवाइने अधिकारीले बताए । १ सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्मको जुस उपलब्ध रहेको अधिकारीले जानकारी दिए । ‘बजारमा उपलब्ध सम्पूर्ण फलफुलको जुस हामी तयार पार्छौं,’ उनले भने, ‘ग्राहकले प्रत्यक्ष देख्ने गरी जुस बनाउँछौं । ग्राहकले चाहेमा आफैले जुस तयार पार्न पनि सक्नुहुन्छ ।’ स्वास्थ्यका लागि उपयोगी भएकाले पछिल्लो समय जुस खाने क्रम बढेको छ ।
Comments are closed.