पोखरामा खुल्यो रचइताज फेसन बुटिक, तीन दिनसम्म विशेष छुट

आर्थिक आवाज
पोखरा, १८ कात्तिक । पोखराको महेन्द्रपुलमा रचइताज फेसन बुटिक सञ्चालनमा आएको छ । कृस कञ्चन ज्वेलरीको भित्र सञ्चालित बुटिकको आइतबार एक कार्यक्रमका बीच मिस नेपाल वल्ड २०१७ निकिता चन्डकले उद्घाटन गरिन् । बुटिक डिजाइनकै विषयमा स्नातक अध्ययन गरेकी रचइता माकाजूले बुटिक सञ्चालनमा ल्याएकी हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्डकले बुटिक डिजाइनको निकै महत्व रहेको बताउँदै राम्रो डिजाइनरले सञ्चालन ल्याएकाले रचइताजको भविष्य उज्ज्वल रहेको धारणा राखिन् । ‘जसले राम्रो डिजाइन गर्छ ग्राहकहरु त्यहीँ आउँछन्,’ उनले भनिन्, ‘ग्राहकको रोजाई अनुसारको डिजाइन रचइताजमा उपलब्ध हुनेछ ।’

कार्यक्रममा बोल्दै महिला उद्यमी तथा पर्यटन व्यवसायी लक्की कार्कीले पछिल्लो समय फेसन डिजाइन तथा बुटिक डिजाइनमा आकर्षण देखिएको बताउँदै बुटिक व्यवसायको सम्भावना राम्रो रहेको धारणा राखिन् ।

उद्घाटन कार्यक्रमलाई ३ दिनसम्म निरन्तरता दिइने माकाजूले जानकारी दिइन् । बुटिक शुभारम्भका अवसरमा ३ दिनसम्म विशेष छुटमा सेवा प्रदान गरिने कामाजूले जानकारी दिइन् । लेडिज तथा जेन्सका कपडाहरुमा अर्डर अनुसार बुटिक डिजाइन गरिने माकाजूले बताइन् । ‘बुटिकका क्वालिटी प्रडक्ट बजारमा ल्याउन हामी सफल भएका छौंं,’ उनले भनिन्, ‘हरेक मानिसमा शारीरिक बनावट फरक फरक हुन्छ । प्रत्येक ग्राहकलाई उहाँहरुको शरिरमा सुहाउने गरी बुटिक डिजाइन गर्नेछौं ।’

सारी, लेहङ्गा, कुर्था, क्याजुअल ड्रेस, पार्टी ड्रेस, ब्राइडल वयर, पावर ड्रेसिङ लगायत अर्डर अनुसारका कपडामा बुटिक डिजाइन गरिने उनले जानकारी दिइन् । बच्चा तथा जेन्सका कपडामा पनि बुटिक डिजाइन गरिने माकाजूले जानकारी दिइन् ।

‘भारत, चीन, इन्डोनेसिया, लगायतका देशबाट कपडा तथा मेटेरियल्स ल्याएर पोखरामा बुटिक डिजाइन गरिनेछ,’ उनले भनिन् । करिब ५० लाख रुपैयाँ लगानीमा पसल सञ्चालनमा ल्याउन लागिएको हो । आवश्यकता अनुसार लगानी बिस्तार गरिने बताइएको छ ।

पोखरामा खुल्यो रचइताज फेसन बुटिक

पोखरामा खुल्यो रचइताज फेसन बुटिक, मिस नेपाल वल्ड २०१७ निकिता चन्डकले यसरी गरिन् शुभारम्भ

Gepostet von Arthik Awaj am Sonntag, 4. November 2018

You might also like

Comments are closed.