पोखरामा खुल्यो लोटस चाउमिन उद्योग

पोखरा, २८ साउन । युवा उद्यमी कमल सुवेदीले लोटस चाउमिन उद्योग सञ्चालनमा ल्याएका छन् । पोखरा ९ पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्समा सञ्चालनमा आएको उद्योगको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा र आसपासमा गुणस्तरीय चाउमिन उपलब्ध गराउने लक्ष्यले आफूले उद्योग सञ्चालनमा ल्याएको सुवेदीले बताए ।

उद्योग शुभारम्भका अवसरमा १० किलो चाउमिन खरिदमा एक किलो निःशुल्क उपलब्ध गराइने सुवेदीले जानकारी दिए । ‘यो अफर सीमित अवधिका लागि रहन्छ,’ उनले भने । चीनबाट आयात गरिएको अत्याधुनिक प्रविधिको मेसिनबाट चाउमिन तयार गरिने सुवेदीले जानकारी दिए । ‘करिब २० लाख रुपैयाँ लगानीमा उद्योग स्थापना भएको छ,’ उनले भने, ‘पोखरामा गुणस्तरीय चाउमिन उपलब्ध गराउने अभियानमा हामी सफल हुनेछौं ।

बजारको माग अनुसार उद्योगमा लगानी विस्तार गर्ने सुवेदीले बताए । उद्योगमा पहिलो चरणमा ५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

उद्योग शुभारम्भका अवसरमा बोल्दै प्रमुख अतिथि बास्तोला कम्प्लेक्सका अध्यक्ष माधव बास्तोलाले युवाहरु उत्पादनमुलक क्षेत्रमा आकर्षित हुनु सकारात्मक भएको बताए । देशको आर्थिक समृद्धिका लागि उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन सरकारले प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

You might also like

Comments are closed.