आर्थिक आवाज
पोखरा, १९ वैशाख । सुजुकी मोटर्सले पोखरामा साढे ३ करोड रुपैयाँको लागतमा ‘सुजुकीका ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’ खोलेको छ । सुजुकी गाडीको नेपालको आधिकारिक वितरक सिजिमोटोकर्पको गण्डकी तथा धवलागीरीको आधिकारीक विक्रेता बतास ब्रदर्स प्रा.लि.ले पोखराको नयाँबजारमा ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’ सञ्चालनमा ल्याएको हो ।
सर्भिस सेन्टरको सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्तराज बतासले संयुक्त रुपमा समुद्घाटन गरे ।
सुजुकी गाडीका लागि सञ्चालनमा ल्याइएको सर्भिस सेन्टरको क्षेत्रफल करीब १० हजार स्क्वारफिटको रहेको जनाइएको छ । सर्भिस सेन्टरमा ८ वर्किङ बे रहने जनाइएको छ । दैनिक ३३ वटा भन्दा बढी गाडी सर्भिसिङ गर्ने क्षमता सर्भिस सेन्टरमा रहेको बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्तराज बतासले जानकारी दिए । उनका अनुसार मासिक १ हजार भन्दा बढी गाडी सर्भिसिङ गर्ने सर्भिस सेन्टरको क्षमता छ ।
सर्भिस सेन्टरमा सुविधा सम्पन्न तथा अत्याधुनिक मेसिन तथा औजारहरुको प्रयोगबाट गाडीहरुको सर्भिसिङ गर्ने व्यवस्था रहेको उनले बताए । उनका अनुसार सर्भिस सेन्टरमा वडी मेन्टेनेन्स सप, पार्ट सप तथा इञ्जिन रिपेयर एरिया गरी छुट्टा छुट्टै शाखा रहेका छन् । सर्भिस सेन्टरमा सुजुकी डाइग्नोस्टिक टुल्स तथा कम्प्युटराइज्ड सिस्टम द्वारा गाडीको चेक जाँच गरिने उनले बताए । बतासले सुजुकीको विश्वव्यापी मापदण्डलाई पूर्ण रुपमा पालना गरी गाडीको सर्भिसिङ्ग गरिने बताए ।
सर्भिस सेन्टरमा ग्राहकहरुको लागि सुसज्जित लाउन्जकोसमेत व्यवस्था रहेको कम्पनीले जनाएको छ । जहाँबाट ग्राहकले आफ्नो गाडी सर्भिसिङ्ग भइरहेको प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । कम्पनीले ट्याक्सीका गा्रहकहरुका लागी लक्षित गरेर साँझ ६ बजेदेखी ८ बजेसम्म एक्सप्रेस ट्याक्सी मेन्टेनेन्स सेवा प्रदान गर्ने बतासले जानकारी दिए ।
सिजिमाटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले ग्राहकलाई खुशी राख्दै उनीहरुको भरोसा जितेर सिजीले काम गरेकाले नेपालको नम्बर वान बन्न सफल भएको बताए । उनले सिजी नेपालमा मार्केटिङ युद्धमा रहेको भन्दै त्यो युद्ध जितेरै छाड्ने उद्घोष गरे । चौधरीले सुजुकीको सर्भिस सेन्टर गाडीहरुको वर्कसप नभई हस्पिटल भएको बताए । उनले हस्पिटलमा अपोइन्टमेन्ट लिएपछि चिकित्सकसँग चेकजाँच गराउन पाएजस्तै सर्भिस सेन्टरमा पनि अपोइन्टमेन्ट लिएर सर्भिसिङ गर्ने सिस्टम बसाइने बताए । सुजुकी मोटर्सले गण्डकी तथा धौलागिरीका गोर्खा, वालिङ्ग, बुर्तिवाङ्ग, दुलेगौंडा, बेनी तथा दमौली गरी ६ स्थानबाट सर्भिस सेन्टरहरुबाट सुजुकीको सेवा प्रदान गरिदै आएको जनाइएको छ ।
Comments are closed.