पोखरामा खुल्यो सुमेरु डेन्टल क्लिनिक

पोखरा, ९ चैत

पोखरामा सुमेरु डेण्टल क्लिनिकले सेवा संचालनमा आएको छ । क्लिनिकको एक कार्यक्रमका विच गण्डकी प्रदेश सभा सदस्य प्रभा कोईरालाले उद्घाटन गरिन् ।

डा.रोश्नी गौतम र गरिमा गौतमले क्लिनिक संचालनमा ल्याएका हुन् । क्लिनिकमा करीब २० लाख रुपैयाँँ लगानी रहेको छ । क्लिनिकबाट दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत निकाल्ने, दाँतको सर्जिकल, तार बाध्ने, अर्थोडन्टिक उपचार, लगायत सम्पूण सेवा उपलव्ध हुने संचालक रोश्नी गौतमले जानकारी दिईन् ।

कार्यक्रममा वोल्दै कोईरालाले दक्ष तथा शिक्षित जनशक्ति विदेशीने गरेको  अवस्थामा स्वदेशमै केही गर्नुपर्छ भनेर सेवाको भावनाबाट प्रेरित भएका गौतम दिदी वहिनीको  कार्यको अन्यले पनि अनुशरण गर्नुपर्ने बताईन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला संयन्त्र सदस्य दामोदर बैरागीले उच्च शिक्षा हासिल गरेर स्वरोजगार तथा रोजगारी सृजना गर्ने गरी दन्त क्लिनिकबाट सेवा सञ्चालन गर्ने दिदीवहिनीको कार्य समाज र राष्ट्रलाई नमूना बन्ने धारणा राखे ।

कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य तेजनारायण अधिकारी, चेम्वर अफ कर्सस कास्कीका अध्यक्ष किसान सुनार,गौतमद्धयका पिता तथा उद्योगी व्यवसायी बलराम गौतम, आमा गीता तिवारी गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए ।

You might also like

Comments are closed.