पोखरामा खुल्यो हिमाल कलेज अफ म्यानेजमेन्ट, सस्तो, शुलभ शुल्कमा बिबिएसको प्रयोगात्मक कक्षा

रबिना ढकाल/पोखरा

बिबिएस अध्ययनका लागि पोखरामा धेरै कलेजहरु छन् । यीनै कलेजहरुको भिडमा फरकशैलीमा पूर्ण प्रयोगात्मक विधिबाट पठनपाठन गराउने उद्देश्यसहित नयाँ कलेज थपिएको छ । सकारात्मक सोचका साथ रचनात्मक काम गर्न मन पराउने शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरुको अगुवाईमा हिमाल कलेज अफ म्यानेजमेन्टको स्थापना गरिएको हो । सस्तो तथा सुलभ मूल्यमा बिबिएको भन्दा राम्रो पठनपाठन गराउने उद्देश्यले पोखराको पालिखेचोकमा बिबिएस कक्षाका लागि कलेज स्थापना गरिएको अध्यक्ष बलबहादुर थापाले बताए । व्यवस्थापन विषय अध्ययन गर्न चाहने विद्यार्थीको लागि पोखराको पालिखेचोकमा स्थापित हिमाल कलेज अफ म्यानेजमेन्ट प्रमुख गन्तव्य बन्नेमा आफूहरु विश्वस्त रहेको थापाले बताए । ‘कलेजमा अनुभवी तथा दक्ष प्राध्यापकद्वारा अध्यापन गराइनेछ,’ उनले भने,’ ‘हिमाल कलेजमा अध्ययन गर्ने विद्यार्थी सफल तथा सक्षम हुनेछन् ।’

हिमाल कलेज अफ म्यानेजमेन्टलाई एक उत्कृष्ट शैक्षिक गन्तव्य बनाउनुका साथै २१ औ शताव्दीमा देखा परेका चुनौतीलाई सामना गर्ने क्षमता भएका मानिस उत्पादन गर्ने लक्ष्य कलेजको रहेको सञ्चालक हरि कार्कीले बताए । ‘एक उत्कृष्ट म्यानेजमेन्ट कलेजको रुपमा आफ्नो पहिचान बनाउने भिजन सहित कलेज अगाडि बढेको छ,’ उनले भने, ‘सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नेछौं ।’ गुणस्तरीय, व्यासायिक तथा दक्ष जनशक्ति उत्पादन गर्ने कलेजको प्रतिवद्धता छ । कलेजमा दक्ष, अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने अर्का सञ्चालक रेशम सापकोटाले बताए । ‘शिक्षण सिकाइका नविनतम विधिको प्रयोग गरेर शिक्षण गरिन्छ,’ उनले भने, ‘विद्यार्थी केन्द्रित शिक्षण विधिको प्रयोग गरिन्छ । सैद्धान्तिक भन्दा प्रयोगात्मक शिक्षणमा जोड दिइने हुँदा विद्यार्थी पूर्ण लाभान्वित हुनेछन् ।’

जेहेन्दार तथा पीछडिएका विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था गरिएको अर्का सञ्चालक सुदनकुमार मुल्मीले जानकारी दिए । ‘इन्टरनेटको सुविधा सहित अत्याधुनिक कम्प्युटर ल्यावको समेत व्यवस्था छ,’ उनले भने, ‘विद्यार्थीको नियमित मुल्याङकन गरिन्छ र कमजोर विद्यार्थीलाई विशेष कक्षाको व्यवस्था गरिन्छ ।’ एउटा कक्षामा बढीमा ४० जनामात्र विद्यार्थी राखिने समेत कलेजले प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रशस्त पुस्तक तथा अध्ययन सामग्री सहित सुविधा सम्पन्न पुस्तकालयको व्यवस्था गरिएको छ । खेलकुदका गतिविधिका साथै विभिन्न अतिरिक्त क्रियाकलाप संचालन हुने कलेज प्रशासनले जनाएको छ । ‘वर्कसप तथा सेमिनारको व्यवस्था गरिन्छ,’ मुल्मीले भने, ‘समय समयमा अतिथि प्राध्यापकको व्यवस्था गरिनेछ ।’ प्रयोगात्मक शिक्षाको लागि औद्योगिक प्रतिष्ठानका साथै विभिन्न स्थानको भ्रमण गराउने उनले बताए । ‘मीलनसार, कर्तव्यनिष्ठ तथा स्मार्ट विद्यार्थी हामीले उत्पादन गर्नेछौं,’ उनले भने । नेपाली तथा अंग्रेजी दुवै माध्यममा अध्यापन गराइने बताइएको छ । ४ वर्षे बिबिएस कोर्षको अध्ययनका लागि पोखरा सहित गण्डकी प्रदेशभरबाट विद्यार्थी आउने कलेजले विश्वास लिएको छ ।

व्यवस्थापन संकाय अध्ययन गर्न चाहने विद्यार्थीको लागि बिबिएस एक उत्कृष्ट फ्याकल्टी हो । यसमा पनि विभिन्न विषय छनोट गरेर अध्ययन गर्न सकिन्छ । लेक्चरर मेथड, केस स्टडी, ग्रुप वर्क, फिल्ड ट्रिप, प्रोजेक्ट लगायतका शिक्षण विधि प्रयोग गरेर अध्यापन गरिने छ ।

त्रिभुवन विश्वविद्यालयले तयार पारेको पाठ्यक्रमको आधारमा विभिन्न बिषय अध्यापन गराइन्छ । कलेजमा मार्केटिङ म्यानेजमेन्ट, फाइनान्स र एकाउन्टेन्सीका विभिन्न विषय अध्ययन गर्न सकिन्छ । जस अन्तर्गत प्रथम वर्षमा बिजनेश इङ्लिस, माइक्रो इकोनोमिक्स, विजनेश स्ट्याटिटिक्स, प्रिन्सिपल अफ म्यानेजमेन्ट, एकाउन्टिङ फर फाइनान्सियल एनालाइसिस अध्ययन गर्न सकिन्छ । दोस्रो वर्षमा बिजनेस कम्युनिकेसन, म्याक्रो इकोनोमिक्स, कस्ट एण्ड म्यानेजमेन्ट एकाउन्टिङ, फन्डामेन्टल अफ मार्केटिङ, फन्डामेन्टल अफ ह्युमन रिसोर्स डेभलपमेन्ट अध्ययन गर्न सकिन्छ ।  तेस्रो वर्षमा विजनेश इन्भाइरोमेन्ट एण्ड स्ट्राटिजी, फन्डामेन्टल अफ फाइनान्सियल म्यानेजमेन्ट, विजनेश ल, ट्याक्सेसन एण्ड अडिटिङ, अर्गनाइजेसनल बिहेभियर लगायतका कोर्ष अध्ययन गर्न सकिन्छ ।

चौथो वर्षमा इन्टरप्रेनरसिप एण्ड इन्टरप्राइजेज डेभलपमेन्ट, कन्सन्ट्रेसन फस्ट, सेकेन्ड, थर्ड, बिजनेश रिसर्च मेथड, फाइनल प्रोजेक्ट लगायतका विषय अध्ययन गर्न सकिन्छ । अध्यापनको क्रममा आन्तरिक मूल्यांकन प्रणालीको प्रयोग गरेर विद्यार्थीको मूल्यांकन गरिने अध्यक्ष थापाले बताए । कम्प्युटर र इन्टरनेट सुविधा सहितको ल्याब छ भने कक्षा कोठा र पुस्तकालयको सुविधा पनि राम्रो रहेको थापाले बताए । खाना तथा खाजाको लागि क्यान्टिन रहेको छ । जहाँ स्वच्छ तथा स्वस्थ खानेकुरा पाइने बताउँछन् थापा ।

खेलकुदका गतिविधि संचालनको लागि हिमाल स्पोर्टस क्लब छ । विद्यार्थीलाई बाह्य ज्ञानको लागि अध्ययनसँगै अतिरिक्त क्रियाकलापको पनि आवश्यकता पर्छ । यसको लागि विभिन्न कार्यक्रम आयोजना गरिने बताइएको छ । कलेज व्यवस्थापन समितिसँग समन्वय गरेर विद्यार्थीले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने वातावरण कलेजमा बनाइने थापाले जानकारी दिए । कलेजको बोड अफ डिरेक्टर्समा बलबहादुर थापा, हरि कार्की, सुदन कुमार मुल्मी, रेशम सापकोटा, रमेश बहादुर खड्का, मणिप्रसाद डुम्रे, जनक पौडेल, हरि ढकाल छन् । त्यसै गरी कलेज व्यवस्थापन समितिमा बलबहादुर थापा, हरि कार्की, सुदनकुमार मुल्मी, रेशम सापकोटा, रमेश बहादुर खड्का, मणिप्रसाद डुम्रे छन् ।

You might also like

Comments are closed.