पोखरामा ग्राण्ड कन्सर्ट र एजुकेसन फेयर सम्पन्न

पोखरा । पोखरामा ‘द ग्राण्ड कन्सर्ट एण्ड एजुकेसनल फेयर’ सम्पन्न भएको छ । गीतसंगीत, मनोरञ्जनको साथमा परामर्श सेसनसहित पोखरा सभागृहमा आयोजित कार्यक्रममा खचाखच दर्शक तथा विद्यार्थीहरुको उपस्थिति रहेको आयोजक संस्था फिनेफी इभेन्ट म्यानेजमेन्ट ग्रुपका इभेन्ट म्यानेजर बालचन्द्र परियारले जानकारी दिए ।

कार्यक्रममा टाइटल स्पोन्सर ओम्स अबरोड कन्सल्टका सञ्चालक ओमप्रकाश उपाध्यायले न्युजिल्याण्ड शिक्षाका बारेमा परामर्श प्रदान गरेका थिए । स्रोत व्यक्ति विक्रम केसीले अष्ट्रेलियाको बारेमा परामर्श दिएका थिए भने क्वान्टम लिप प्रा.लि.का सञ्चालक शशीधर बरालले अमेरिकाको शिक्षाका बारेमा परामर्श प्रदान गरेका थिए ।

सिआइटी (चाल्र्स इन्स्टिच्युट अफ टेक्नोलोजी अष्ट्रेलिया)का नेपाल प्रतिनिधि दीपक गुरुङ, नेक्स्ट एजुकेसन फाउण्डेसनका सरोज रेग्मी लगायतले परामर्श प्रदान गरेका थिए । प्रमुख वक्ता फिनेफीका संस्थापक संयोजक नरेन थापाले विदेश अध्ययनको अवसर र चुनौतिका विषयमा धारणा राखेका थिए ।

कार्यक्रमलाई साकुरा जापानीज ल्याङवेज इन्स्टिच्युट, इम्प्याक्ट एजुकेसन सर्भिस, स्कोप स्टुडेन्ट सर्भिस काठमाडौं, ट्रिनिटी एजुकेसन फाउण्डेसन, प्राइम एजुकेसन सेन्टर काठमाडौं, निम्स पोखरा, शिशु निकेतन उच्च मावि पोखरा लगायतले साथ दिएका थिए ।

प्रमुख कलाकार कर्णदासको स्वर कार्यक्रमको आकर्षण बनेको थियो । रोहन नेपाली, क्रिस्टल क्लज डान्स क्रिउ, सारेगम इन्टरटेनमेन्ट हाउसको मनोरञ्जन प्रस्तुति थियो । एचआइभी संक्रिमित भएर सगरमाथा आरोहण गर्न सफल गोपाल श्रेष्ठलाई पाइथागोरस एजुकेसन कन्सल्टेन्सीले सम्मान गरेको थियो ।

अभिभाबक, विद्यार्थी र विदेशी कलेजका प्रतिनिधिलाई एउटै थलोमा जमघट गराएर कार्यक्रम गरिएको हो । इभेन्ट्स फर यु कम्पनीको छैटौं प्रस्तुति मिस एसइइको अन्तिम प्रतिस्पर्धा पनि सोही अवसरमा भएको थियो । मिस एसइईका विजेताहरुलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो । पत्रकार राजाराम पौडेल पनि उक्त अवसरमा सम्मानित भएका थिए ।

You might also like

Comments are closed.