पोखरामा चाइनिज भाषाको तालिम

पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीको आयोजनामा चाइनिज तथा अंग्रेजी भाषाको तालिम सुरु भएको छ । ३ महिनासम्म तालिम चल्नेछ ।

तालिममा २० उद्यागी व्यावसायी सहभागी छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले तालिमको उदघाटनका अवसरमा बोल्दै सुरुमा चिनियाँ भाषाको तालिमको चलाएको जानकारी दिए । उनले विस्तारै अरु भाषाको तालिम चलाउने बताए । चिनीयाँ राजदुतावासको सहकार्यमा एड्भान्स तालिम सञ्चालन गर्ने जानकारी दिदै उनले नेपाल चेम्बर ७० औं वर्ष प्रवेश र नेपाल भ्रमण वर्ष २०२०को अवसरमा तालिम चलाएको बताए ।

काठमाडौं केन्द्रित चेम्बर २०७४ सालदेखि जिल्ला तथा नगरहरुमा शाखा विस्तार गरेको उनले जनाए । उनले नेपाल सरकारको आर्थिक सल्लाहकारको रुपमा रहेको चेम्बरले उद्योगी व्यापारीको हक हित र सरकारलाई नीतिगत सल्लाह दिएको बताए ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका उद्योग तर्फका उपाध्यक्ष गीता तिवारीले चिनीयाँ भाषाको तालिमले व्यवसायको प्रवद्र्धन र व्यक्तिगत विकासमा सहयोग पुग्ने बताइन् । चेम्बरले महिला उद्यमीहरुलाई आत्म निर्भर बन्नको लागि सिलाई कटाई तालिम दिएको जानकारी दिइन् ।

चेम्बरका वाणिज्यतर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेलले उद्योगी व्यापारीको व्यापार व्यवसाय प्रवद्र्धनको लागि चिनियाँ भाषाको तालिम चलाएको बताए । पोखरा चेम्बरका अन्तर्राष्ट्रिय विभाग प्रमुख रविबहादुर विकले निगता इन्टरनेशनल ल्याङगवेज एण्ड टे«निङ इन्टिच्युट प्रालिको प्राविधिक सहयोगमा रहेको तालिमको प्रशिक्षक विश्वास पालिखे रहेको जानकारी दिए ।

You might also like

Comments are closed.