पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनशिप हुने

पोखरा, १८ कात्तिक ।

पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनशिप हुने भएको छ । एशियन टेनिस महासंघको कार्यक्रम अनुसार आगामी पुषको ४ देखि २० गते सम्म पोखरामा उक्त अन्तर्राष्ट्रिय टेनिस हुन लागेको हो । प्रतियोगितामा १० देखि माथि र १४ वर्ष मुनिका १ सय ११ जना पुरुष तथा महिला खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगितामा अष्टेलिया, इण्डोनेशिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र नेपालका खेलाडीहरुको सहभागिता रहने आयोजक कास्की जिल्ला टेनिस संघले जनाएको छ । सर्किट १ मा ३० पुरुष र २३ महिला सहित ५३ जना तथा सर्किट २ मा ३३ पुरुष र २५ महिला सहित ५८ खेलाडीले भाग लिने संघका महासचिव नविन चालिसेले जानकारी दिए ।

प्रतियोगितालाई होटल टेकर्स इनले मुख्य प्रायोजन गरेको छ । अंग्रेजी नयाँ वर्षका बेला हुने प्रतियोगिताले पोखराको पर्यटन विकासमा थप टेवा पुग्ने आयोजकको अपेक्षा रहेको छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...