पोखरा ।
पोखरा लेडी जेसिजले कोरोना कहरकाबीच जेसीज सप्ताह मनाउने भएको छ । जेसीज सप्ताहलाई आफ्नो महत्वपूर्ण चाडका रुपमा मनाउने गरेको पोखरा लेडी जेसिजले कोरोना कहरकाबीच यहि असोज ५ गतेदेखि ११ गतेसम्म जेसिज सप्ताह मनाउन लागेको हो । पोखरा लेडी जेसीजले अधिकांश कार्यक्रम अनलाईनमार्फत गर्ने जनाएको छ भने केहि कार्यक्रम सामाजिक दुरी कायम गरी भौतिक रुपमा उपस्थित भएरै गर्ने आईतबार जुममार्फत गरिएको अनलाईन पत्रकार भेटघाट गरि जानकारी गराएको हो ।
जेसीज सप्ताहको पहिलो दिन असोज ५ गते जेसीज सप्ताहको उद्घाटन कार्यक्रम छ । जुन जुममार्फत हुने पोखरा लेडी जेसीजका अध्यक्ष जेसी शोभा भूजेलले जानकारी दिईन् । उद्घाटनको अवसरमा ‘समृद्धीका लागि प्रभावकारी नेतृत्व’ विषयक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता हुने जनाइएको छ । प्रतियोगिता जुममार्फत हुने अध्यक्ष भूजेलले बताइन् ।
जेसीज सप्ताहको दोश्रो दिन पोखरा–१८ सेदीबगरमा रहेको बाल सुधार गृहमा सहयोग हस्तान्तरण कार्यक्रम रहेकोछ भने तेश्रो दिन जुममार्फत महिलालाई लक्षित गरि सीपमूलक तालिम सञ्चालन गरिने अध्यक्ष भूजेलले जानकारी दिईन् ।
सप्ताहको चौथो दिन मन्टेश्वरीस्तरिय चित्रकला प्रतियोगिता आयोजना गरिने भएको छ । कार्यक्रम पोखरा–६ जरेबरस्थित क्रिष्टल मन्टेश्वरीमा हुने उनले बताइन् । सप्ताहको पाचौं दिन जुममार्फत ‘समृद्धीको रहर, कोरोना कहर’ विषयक अन्र्तक्रिया कार्यक्रम गरिने भएको छ भने छैटौं दिन पोखरा–३० मोहोरियाटोलस्थित सरुवा तथा संक्रामक रोग अस्पताल लेखनाथमा आइसोलेसनमा रहेर उपचाररत कोरोना संक्रमितहरुलाई सामग्री वितरण गरिने जनाइएको छ ।
सप्ताहको सातौं तथा अन्तिम दिन नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री वितरण गरिने र सोहि दिन साँझ जेसीज सप्ताह समापन कार्यक्रम रहेको अध्यक्ष भूजेलले जानकारी दिइन् ।
सप्ताहव्यापी कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्येक कार्यक्रमको संयोजक तोकिएको कार्यक्रम मूल संयोजक तथा पोखरा लेडी जेसीजकी उपाध्यक्ष जेसी सुनिता थापाले जानकारी दिईन् ।
समाज रुपान्तरणबाट मात्र देशमा परिवर्तन संस्थागत गर्दै विकास र समृद्धी ल्याउन सकिने भएकाले सो कार्यका लागि सघाउन जेसीज सप्ताहमार्फत विविध कार्यक्रम गर्ने जमर्को गरिएको भूजेलले बताईन् ।
पोखरा लेडी जेसीजले सोमबारदेखि आयोजना गर्ने ‘जेसीज सप्ताह’को कार्यक्रम तालिका ।
Comments are closed.