पोखरामा टाटा मोटर्सको नाइट आउट योजना

आर्थिक आवाज
पोखरा । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले नयाँ वर्ष २०२० को अवसरमा नाइट आउट योजना ल्याएको छ । उक्त कार्यक्रम जनवरी ७ देखि १० सम्म बिहान ६ बजेदेखि ९ बजेसम्म पोखरा बुद्धचोकस्थित दीप मोटर्स प्रा.लि.को सोरुममा हुनेछ ।

योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एचफाइभ, नेक्सन, टियागो, टिगोर, हेग्जा लगायतका गाडीहरु अवलोकन तथा एक जोडीलाई सिंगापुर क्रुज टूर, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् ।

प्रत्येक टेष्ट ड्राइभ र मुल्यांकनमा आकर्षक उपहार साथै प्रत्येक गाडीको खरिदमा एक वर्षको सवारी कर छुट प्रदान गरिने कम्पनीले जनाएकोछ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.