पोखरामा ‘टाटा मोटर्स महाउत्सव’, एक जोडीलाई थाइल्याण्ड भ्रमणको अवसर

आर्थिक आवाज
पोखरा, २ फागुन । पोखरामा टाटा मोटर्सको महाउत्सव कार्यक्रम हुने भएको छ । फागुन ३ र ४ गते (शुक्रबार र शनिबार) पोखराको होटल ग्राण्डमा कार्यक्रम हुने कम्पनीले जनाएको छ । बिहान ११ देखि साँझ ७ बजेसम्म कार्यक्रम हुनेछ ।

मेलामा परिवारसहित सहभागी भइ विभिन्न उपहार जित्न सकिनेछ । भाग्यशाली एक जोडीले थाइल्याण्ड भ्रमणको अवसर पाउनेछन् । ७ लाख रुपैयाँसम्म नगद छुट, पुराना गाडीको उचित मूल्यांकन, गाडीको मूल्यांकन गराउने मध्ये एक जोडीलाई फिस्टेल लजमा बिदा मनाउने अवसर, टेस्ट ड्राइभमा एक लक्की जोडीलाई सराङकोट भ्रमणको व्यवस्था हुने कम्पनीले जनाएको छ ।

अन्य आकर्षणमा फेस पेन्टिङ, नेलआर्ट, म्युजिक, डान्स लगायत छन् । टाटा मोटर्सका साना सम्पूर्ण गाडीहरुको एकै ठाउँमा टेष्ट ड्राइभ गर्ने अवसर कम्पनीले प्रदान गरेको हो । टाटाका साना गाडीका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता दीप मोटर्स प्रालि हो ।

You might also like

Comments are closed.