पोखरामा टिभिएस अपाचे आरटिआर १६० फोरभी विक्री सुरु

पोखरा, २६ भदौ ।

गण्डकी धौलागिरीको टिभिएस व्राण्डको आधिकारिक विक्रेता बतास व्रदर्श प्रालिले टिभिएस आरटिआर १६० फोरभी मोडेल सोमवारदेखी विक्री सुरु गरेको छ ।

यो मोटरसाइकल नेपालका लागि सबैभन्दा शक्तिशाली इन्जिन भएको १६० सिसी र बेस्ट इनक्लास मोटसाइकल हुने कम्पनीको दावी छ ।

विक्री सुभारम्भ भएको पहिलो दिनमानै ५वटा वाईक विक्री भएको र ६ वटा वुकिङ भएको बतास व्रदर्श टिभिएस युनिटका विक्री प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए ।

यसमा भएको सुपेरियर पर्फर्मेन्स र डाइनामिक रेसिङ लुकले यस क्षेत्रका ग्राहकहरुका माझ वाईक लोकप्रिय हुने विश्वास पोखरेलको छ । १५९.७ सिसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्भ इन्जिन रहेको यो मोटरसाइकल १६.५ पिएस ८००० आरपिएममा र १४.८ एनएम ६५०० आरपिएममा उपलव्ध छ।

वाईकको मुल्य २ लाख ७९ हजार ९ सय रहेको छ । यो मोटरसाईकल आकर्षक रेसिङ रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रंगमा उपलब्ध रहेको वताईन्छ ।

You might also like

Comments are closed.