पोखरामा टिभिएस व्राण्डको नयाँ स्कुटर

पोखरा, १४ असोज ।

पोखरामा टिभिएस व्राण्डको नयाँ स्कुटरको विक्री सूरु भएको छ ।

टिभिएसको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक विक्रेता बतास व्रदर्श प्रालिले टिभिएसको नयाँ मोडल एन्ट्रोक(१२५ सिसी)को शुक्रवारवाट औपचारिक विक्री सुभारम्भ गरेको हो ।

स्कुटर को नायिका स्वस्तिका खड्का र जगदम्भा मोटर्स प्रालिका भाईस प्रेसिडेन्ट दीपक अग्रवालले संयुक्त रुपमा विक्री सुरुवात भएको घोषणा गरे ।

पछिल्लो पुस्ताको रुची र चाहनालाई लक्षित गरेर टिभिएले नयाँ नयाँ मोडलहरु बजारमा ल्याउने क्रममा उक्त स्कुटर बजारमा ल्याईएको वतास व्रदर्श प्रालिका कार्यकारी निर्देशक प्रमेश पराजुलीले जानकारी दिए । विक्री सुभारम्भ भएको दिनमानै १ सय वटा वुकिङ भईसकेको उनको भनाई छ ।

जगदम्भा मोटर्स प्रालिका भाईस प्रेसिडेन्ट अग्रवालले काठमाण्डौमा विक्री सुभारम्भ भएको १० दिनको अवधीमा १ हजारको संख्यामा स्कुटर विक्री भएको जानकारी दिए । एन्ट्रोक स्कुटीमा रेस मेसिन, भेहिकल लोकेशन ईन्डीकेटर, व्लुटुथ, नेभिगेशन, पास लाईट र स्र्पोटी लुक्स लगायतका विशेषता रहेको विक्री प्रवन्धक सन्तोष पोखरेलले वताए । यसको मुल्य २ लाख २४ हजार ९ सय रुपैँया रहेको छ ।

टिभिएसका अन्य मोडलहरु जस्तै यो स्कुटर पनि गण्डकी धौलागिरी क्षेत्रमा अधिकांसको रोजाईमा पर्ने विश्वास लिएका कम्पनीले लिएको छ । टिभिएस अपाचे २२० सिसी, १८० सिसी, १६० सिसी, वेगो, जुपीटर, स्ट्राईकर मोडलहरु सर्वाधिक विक्री हुने मोडलको रुपमा रहेको पोखरेल वताउँछन् । नेपालका लागि टिभिएस वाईक तथा स्कुटरहरुको आधिकारिक विक्रेता जगदम्वा मोटर्स प्रालि छ ।

You might also like

Comments are closed.