पोखरा ।
गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार बिहान थप भएका संक्रमित ९ जना नै पोखराका हुन् । उनीहरु सबै पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५२ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ३ सय ५४ छ ।
Comments are closed.