पोखरामा देशभरका विश्वविद्यालयका उपकुलपति, पञ्चवर्षीय रणनीतिमा छलफल

पोखरा, २८ साउन

पोखरा विश्वविद्यालय र हिमालय क्षेत्र एकिकृत विकास केन्द्र (इसिमोड) को आयोजना तथा विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. डा. देवराज अधिकारीको प्रमुख आतिथ्यतामा नेपालभरका विश्वविद्यालयहरुका उपकुलपतिहरुको बैठक पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । विश्व बैंकको सहयोगमा सम्पन्न बैठकमा हिमालय क्षेत्रका विश्वविद्यालयहरुको सहकार्य, नेपाल (एचयुसी) ले पञ्च वर्षे रणनीतिक योजना समेत तयार पारेको बैठकमा सहभागी पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन बुद्धि राज जोशीले बताए ।

उक्त कार्यक्रममा एचयुसीका कार्यकारी समितिका सदस्य प्रा. डा. भिमप्रसाद श्रेष्ठले बैठकको औचित्यको बारेमा प्रकाश पार्दै प्रथम सत्रको अध्यक्षता गरेका थिए । बैठकमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवि शर्मा, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. घनश्यामलाल दास, मध्यपश्चिमाञ्चल विश्वविद्यलायका उपकुलपति प्रा. डा. उपेन्द्र कोइराला, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइराला, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. नरेशमान बज्राचार्य र रजिष्ट्रार डा. गोविन्द प्रसाद शर्मा लगायतले सहभागिता जनाएका थिए ।

त्यसै गरी इसिमोडमा महानिर्देशक डा. डेभिड मोल्डेन, क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्रा. अनिल श्रेष्ठ, विश्वविद्यालय अनुदान आयोगका प्राविधिक सल्लाहकार प्रा. डा. हृदयरत्न बज्राचार्य, त्रिभुवन विश्वविद्यालय वनविज्ञान अध्ययन संस्थानका डिन प्रा. डा. कृष्णराज तिवारी, काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्सका डिन प्रा. डा. सुवोध शर्मा, कृषी तथा वनविज्ञान विश्वविद्यालयका अनुसन्धान महाशाखा प्रमुख नवराज देवकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का महानिर्देशक डा. विद्यानाथ महतो, काठमाडौं विश्वविद्यालयका डा. विराज सिंह थापा भारत चीन इन्स्टीच्युट अफ न्यु स्कुल न्युयोर्कका वरिष्ठ निर्देशक अशोक गुरुङ र सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका तर्कराज जोशीले पनि बैठकका विभिन्न सत्रहरुमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बैठकमा त्रिभुवन विश्वविद्यालयका प्रा. डा. मदन कोइरालाले प्रस्तुत गरेको एचयुसीको पञ्चवर्षे रणनैतिक कार्ययोजना (२०१८–२२) को मस्यौदा छलफल गर्दै बैठकका सहभागीहरुको सुझाव संकलन गरियो । सो बैठकमा प्रस्तुत विषयहरुको ¥यापोटिङ्ग पोखरा विश्वविद्यालयका प्रा. डा. टेकराज ज्ञवाली, अनुसन्धान महाशाखा प्रमुख गुलाम मोहम्मद खान र इसिमोडका उदयन मिश्रले गरेका थिए । बैठकको समापन पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.चिरञ्जीवि प्रसाद शर्माले गरेका थिए ।

You might also like

Comments are closed.