पोखरामा नमस्तेको ‘जापान एजुकेसन सेमिनार’

आर्थिक आवाज
पोखरा, ६ भदौ । नमस्ते एजुकेसन इन्टिच्युटको आयोजनामा ‘जापान एजुकेसन सेमिनार’ आयोजना गरिएको छ । भदौ ७ गते बिहीबार पोखरामा र ८ गते शुक्रबार काठमाडौंमा सेमिनार आयोजना गरिएको प्रवन्ध निर्देशक कर्णबहादुर गुरुङले जानकारी दिए ।

सेमिनारका जापानका उत्कृष्ट ५ वटा युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने उनले बताए । ‘४ वटा जापानीज भाषाका स्कुलका प्रतिनिधि पनि सहभागी हुँदैछन्,’ उनले भने, ‘उच्च शिक्षा अध्ययनका लागि जापान जान इच्छुक विद्यार्थीका लागि सेमिनार निकै प्रभावकारी हुनेछ ।’ अँग्रेजी माध्यममा पनि पढ्न मिल्ने युनिभर्सिटीको पनि सेमिनारमा सहभागिता रहनेछ ।

खाके एजुकेसनल इन्स्टिच्युसनका ओकायामा युनिभर्सिटी अफ साइन्स, चिवा इन्स्टिच्युट अफ साइन्स, कुरासिकी युनिभर्सिटी अफ साइन्स एण्ड आर्टस् युनिभर्सिटीका प्रतिनिधि सेमिनारमा सहभागी हुँदैछन् । टोकियो युनिभर्सिटी अफ सोसल वेयलफियर र एसिया प्यासिफिक युनिभर्सिटीको पनि सहभागिता रहनेछ ।

आम्स जापानीज ल्याङवेज स्कुल, जेएसएल निप्पोन एकेडेमी, क्युसु एइसु गाक्कान जापानीज ल्याङवेज स्कुल र एचएनए जापानी ल्याङवेज स्कुलका प्रतिनिधिले पनि सेमिनारमा परामर्श सेवा प्रदान गर्नेछन् । पोखरामा नमस्ते एजुकेसन इन्टिच्युट न्युरोडको सभाहलमै कार्यक्रम हुनेछ । काठमाडौंमा पुतलीसडक चोकमा सेमिनार हुने गुरुङले जानकारी दिए । ‘सेमिनारमा आउने विद्यार्थीलाई छात्रवृत्तिको सुविधासहित विशेष अफर र उपहार प्रदान गरिनेछ,’ गुरुङले भने ।

जापानमा उच्च शिक्षा अध्ययन गर्न जाँदा अपनाउनुपर्ने प्रक्रिया तथा छात्रवृत्तिका बारेमा सेमिनारमा परामर्श दिइनेछ । ‘बृहत रुपमा गरिने सेमिनारमा जापानका धेरै विश्व विद्यालयका प्रतिनिधिहरुसंग प्रत्यक्ष रुपमा जापानको शिक्षा प्रणाली, पाठ्यक्रमका बारेमा जानकारी लिन सकिन्छ,’ उनले भने ।

You might also like

Comments are closed.