पोखरामा नेपाल जेसीजको संसदीय बैठक सञ्चालत प्रणाली तालिम

पोखरा, १० असार । पोखरा जेसीजको आतिथ्यतामा क्षेत्र ‘ख’ का शाखाहरुको दुई दिने मल्टिचेप्टर प्रभावकारी संसदीय बैठक सञ्चालन प्रणाली तालिम सम्पन्न भएको छ । तालिमको समापनका अवसरमा बोल्दै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले आम युवाहरुलाई ऊर्जावान बन्दै समृद्ध समाज निर्माणमा लाग्न आग्रह गरे ।

नेपाल जेसीजको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको तालिममा क्षेत्र ‘ख’ का १५ वटा शाखाका शाखा अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता थियो । तालिममा नेपाल जेसीजका प्रशिक्षक राजाबाबु शाहले प्रशिक्षण प्रदान गरेका थिए ।

आतिथ्यता शाखा पोखरा जेसीजका अध्यक्ष शिव सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष श्याम सुन्दर पौडेल, पोखरा जेसीजका पूर्व अध्यक्षहरु तीलक राम पौडेल, क्षेत्र ‘ख’ का तालिम संयोजक माधव न्यौपाने, पोखरा जेसीजका उपाध्यक्ष अञ्जनदेव ढकाल, महासचिव गणेश गिरी, कार्यक्रम संयोजक कुशल पौडेल लगायतले बोलेका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.