पोखरामा नेपाल र अष्ट्रेलियाको कला र संस्कृति प्रदर्शन

पोखरा । नेपाल र अष्ट्रेलियाको कला र संस्कृतिलाई पोखरामा एउटै मञ्चमा प्रस्तुत गरिएको छ । दुवै देशको कला र संस्कृति प्रवद्र्धन गर्ने साझा उद्देश्यले पोखरामा पहिलो पटक ‘अष्ट्रेलियन बिग डे आउट’ कार्यक्रम भएको हो । अष्ट्रेलियन शैक्षिक नेपाली प्रतिनिधि संघ, नेपाल (नायर) र नेपाल अष्ट्रेलियन अल्मुनाई संघ (आना) को संयुक्त आयोजनामा हालै उक्त कार्यक्रम भएको थियो ।

नेपालका लागि अष्ट्रेलियन राजदुत पिटर वडको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पोखरा तथा आसपासका विद्यार्थी, अभिभावक तथा अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गरी नेपाल फर्किएकाहरुको उल्लेख्य उपस्थिति रहेको नायरका अध्यक्ष नारायण पहारीले जानकारी दिए ।

कार्यक्रममा नेपाल र अष्ट्रेलिया बिचको सम्बन्ध तथा अष्ट्रेलियाको शिक्षा, संस्कृति, परिवेश लगायतको बारेमा आनाका अध्यक्ष प्रा. डा. दामोदर पोखरेलले आफ्नो अनुभव सुनाएका थिए ।

jutta mela

नायरका अध्यक्ष नारायण पहारीले नेपाल र अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धको चर्चा गरेका थिए । अष्ट्रेलियन संगीत, कला, संस्कृति, शिक्षा, रहनसहन, खाना लगायत अष्टे«लियाको समग्र जीवन पद्धतिका बारेमा जानकारीमुलक विभिन्न स्टलहरु र कार्यक्रमहरुको प्रदर्शन गरिएको पहारीले जानकारी दिए ।

अष्ट्रेलियन जीवनशैली झल्कने परिवेशमा अष्ट्रेलियन परिकारका स्वादहरु, विभिन्न खेलकुद मनोरञ्जनमा सहभागी रमाएका थिए । कार्यक्रममा अस्ट्रेलियन रूलमा खेलाइने फुटवल खेल खेलाइएको थियो । खेलमा अष्ट्रेलियन क्लब हिमालयन लिओपार्डसले सहभागिता जनाएको थियो । अस्ट्रेलियान ब्याण्ड सनडेन, अस्ट्रेलियन बाजा डिजुरिजु बाजक सलिल सुवेदी र नेपाली मौलिक बाजाहरुका बाजक अर्जुन चैनपुरेले आफ्ना कला प्रस्तुत गरेका थिए ।

नायर नेपाली विद्यार्थीहरुको अष्ट्रेलिया अध्ययनको सहजता र पहुँचप्रति परामर्श दिने शैक्षिक परामर्शदातृ संस्थाको छाता संगठन हुो । आना अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गरी नेपाल फर्किएका व्यक्तिहरु आबद्ध संस्था हो । दुवै देशको आपसी सम्वन्ध र मित्रताको अभिबृद्धिमा यी संस्थाको योगदान अतुलनीय रहेको पहारीले बताए ।

अष्ट्रेलियन जीवन पद्धति तथा शैक्षिक स्थितिको बारेमा जानकारी हासिल गराउने नायर र आना दुवै संस्थाको लक्ष्य अनुरुप कार्यक्रम भव्य रुपमा सम्पन्न भएको आयोजकको दावी छ । साथै चितवन, हेटौंडा तथा काठमाडौंमा पनि यस्ता कार्यक्रम गर्ने आयोजकको भनाइ छ ।

You might also like

Comments are closed.