पोखरामा पनि विइङ ह्यूमन क्लोथिङ पुनः सञ्चालन

सन्देश श्रेष्ठ ।

करिब ४ महिनादेखि बन्द रहेको विइङ ह्यूमन पुनः सञ्चालनमा आएको छ । बलिउड सुपरस्टार सलमान खान संरक्षक रहेको विइङ ह्यूमन फाउण्डेसनद्वारा सञ्चालित विइङ ह्यूमन क्लोथिङ बन्द भएको ४ महिनापछि पुनः सञ्चालनमा आएको हो । विइङ ह्यूमनको आधिकारिक विक्रेता बस्त्र इन्क प्रालिको सञ्चालक फेरिएसँगै यो पुनः सञ्चालनमा आएको हो । नया नेतृत्व फेरिएपछि काठमाडौंमा १२ दिनअघी देखि ह्यूमन विइङ क्लोथिङ स्टोर पुनः सञ्चालनमा आएको थियो भने पोखरास्थित पोखरा ट्रेडमलमा विहीबारदेखि पुनः सञ्चालनमा आएको बस्त्र इन्क प्रालिका प्रमुख कार्यकारी अधिकृत सुदिपचन्द्र बख्रेलले बताए ।

बख्रेलका अनुसार बस्त्र इन्क प्रालिमा आफूसहित, सन्तोषचन्द्र बख्रेल, सुरज केसी र राजु थापा सञ्चालकका रुपमा रहेका छन् । सञ्चालक मध्ये राजु थापा मात्रै पुराना हुन् भने अन्य तीन जना सबै नया सदस्य हुन् ।

सञ्चालकहरुबीच खटपट भएपछि ४ महिना अघिदेखि विइङ ह्यूमन क्लोथिङ बन्द रहेको थियो । पोखरामा भने राजु थापाले सामान्य रुपमा सञ्चालन गरेपनि विहीबारदेखि पूर्ण रुपमा नया तरिकाले सञ्चालनमा ल्याएको प्रमुख कार्यकारी अधिकृत बख्रेलले बताए ।

बस्त्र इन्क प्रालिले ९ करोड खर्चेर विइङ ह्यूमन क्लोथिङ सञ्चालन गर्दै आएको छ । अब यसले २ महिना भित्रमा चितवन र हेटौंडामा २ वटा आउटलेट सञ्चालन गर्ने बख्रेलले बताए । २ महिना भित्रमा २ वटा आउटलेट खोलेरै छाड्छौं,‘उनले भने,‘यो मल्टी ब्राण्डको हुनेछ ।’ चाँडै नै भाटभटेनी र सेल्स बेरीमासमेत आउटलेट राख्ने तयारी गरेको उनले बताए । उनले २ वर्ष भित्रमा ४० वटा आउटलेट पु¥याएर देशभर सेवा दिने योजनामा बस्त्र इन्क प्रालि रहेको उनले बताए ।

भारतको मुम्बईबाट सामान ल्याएर बेच्ने गरेको बस्त्र इन्क प्रालिले आफूले बेचेको सामानको केहि प्रतिशत रकम बलिउड नायक सलमान खानद्वारा सञ्चालित विइङ ह्यूमन फाउण्डेसनमा जाने जनाएको छ । साथै उसले नेपालबाट जाने पैसा विइङ ह्यूमन फाउण्डेसनमार्फत नेपालकै सामाजिक कार्यमा खर्चिनुपर्ने भन्दै त्यसका लागि पहल भइरहेको बख्रेलले बताए ।

You might also like

Comments are closed.