पोखरामा पर्यटन बसपार्क बन्ने, ३ दिनभित्र टेन्डर आह्वान हुँदै

आर्थिक आवाज
पोखरा, ८पुस । पोखरामा पर्यटन बसपार्क बन्ने भएको छ । पर्यटन विभागको अगुवाईमा बसपार्क बन्न लागेको हो । ३ दिनभित्र टेन्डर आह्वान हुने पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए ।

पोखरा पर्यटन परिषदले आइतबार पोखरामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री अधिकारीले ६ करोड रूपैयाँ भन्दा बढी लागतमा पोखरामा पर्यटन बसपार्क बन्ने जानकारी दिए । बसपार्क निर्माणका लागि पोखरा महानगरपालिकाले जग्गा उपलब्ध गराइसकेको मन्त्री अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.