पोखरामा पाठेघरको क्यान्सर सम्बन्धी शिविर

पोखरा, १९ माघ । लायन्स क्लब अफ पोखरा चौतारीको आयोजनामा पाठेघरको क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखराको पृथ्वीचोकमा आयोजित शिविरमा १ सय १७ जना महिलाले परीक्षण गराएका थिए । पाठेघरमा समस्या देखिएका महिलालाई निःशुल्क औषधी वितरण गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पास्ट डिष्ट्रिक्ट गभर्नर ध्रुवबहादुर थापाले स्वास्थ्यप्रति सचेत बनेर विभिन्न समयमा महिलाहरुले स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिए । महिला स्वास्थ्यलाई ख्याल गरेर शिविर आयोजना गरिनु राम्रो काम भएको उनले बताए ।


डिष्ट्रिक्टका सिनियर एडभाइजर राम बसेलले लायन्स क्लब अफ पोखरा चौतारीले सामाजिक क्षेत्रमा पु¥याएको योगदान स्मरणीय रहेको बताउँदै थप रचनात्मक काम गर्न सुझाव दिए । डा. ढाकाकुमार श्रेष्ठको संयोजकत्वमा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.