पोखरामा प्रजू प्यानलको घरदैलो जारी, संघलाई कमजोर हुन नदिने प्रतिबद्धता

पोखरा, २९ भदौ ।
आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा उमेद्वारी दिएको रवीन्द्रबहादुर प्रजूको प्यानल मतदाता उद्योगी व्यवसायीसँग भेटघाटको लागि शुक्रबार पोखराको सिर्जनाचोक, राष्ट्र बैंक चोक, गणेशटोल, नालामुख पुगेर मतदाता उद्योगी व्यवसायीसँग भेट गरेको छ । अध्यक्ष पदका उमेद्वार प्रजू सहित सिर्जनाचोक पुगेको टिमले पोखरा उद्योग वाणिज्य संघलाई कमजोर हुन नदिने प्रतिबद्धता गरेको छ ।

पछिल्लो समयमा पोखरा उद्योग वाणिज्य संघलाई कमजोर पार्ने प्रयास भइरहेको प्रजूले बताए । व्यवसायीको संघ बनाउन र उद्योगी व्यवसायीको हकहितको लागि काम गर्न आफू र आफ्नो टिमले उमेद्वारी दिएको उनले बताए ।

नालामुख, तेर्सापट्टीका मतदाताले पनि संघलाई सबै हिसावले समावेशी गर्नुपर्ने माग गरेका महासचिव पदका उमेद्वार अर्जुन पोखरेलले बताएका छन् । पोखरा विश्वविद्यालयको स्थापना, पृथ्वीनारायण क्याम्पसको स्थापना, पोखरामा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण लगायत पोखराको पर्यटन प्रवद्र्धनमा पनि पोखरा उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका निभाएको स्मरण गराउँदै प्रजू प्यानलले मतदातासँगको भेटमा आगामी दिनमा पोखरालाई अन्तरराष्ट्रिय शहर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बचन पनि दिएको छ ।

You might also like

Comments are closed.