पोखरामा फागुन १० बाट चौथो मेगा फेयर

पोखरामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि वान अप प्रालिले मेगा शैक्षिक मेला २०७५आयोजना गर्ने भएको छ । पोखरामा मेगा एजुकेशन फेयरको यो चौथो संस्करण हो । वर्तमान परिवेशमा नेपाली विद्यार्थीलाई अष्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजील्याण्ड, जापान, युरोप लगायतका अन्य देशको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उद्देश्यले यस शैक्षिक मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । पोखरा न्यूरोड स्थित सिटी स्क्वायर परिसरमा (भाटभटेनीको अगाडी)यहि फागुन १० र ११ गते (फेब २२ र २३, २०१९)मा यो मेला आयोजना हुँदैछ ।

उत्कृष्ट कलेज र युनिर्भसिटि तथा कन्सल्टेन्सिहरु गरि १५ वटा भन्दा बढी संस्थाहरु सहभागी हुने यस मेला, नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ वमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त छ । यस मेलामा विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरुबाट छात्रवृत्ति सम्बन्धी जानकारी, आईएलटिएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङलाई जानकारी गराइनेछ ।

आईडिपि एजुकेशन नेपाल प्रस्तुतकर्ता रहेको यस फेयरमा विद्यार्थीले अष्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजील्याण्ड, जापान, युरोप लगायतका देशका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउनका साथै आइडिपि एजुकेशन नेपालले आयोजना गर्ने आएडिपि, आल्यस मास्टर कक्षामा सहभागी हुन सक्नेछन् । फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर र दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिएने छ । फेयरमा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउने छन् भने प्रथम ५०० आगन्तुकले आकर्षक उपहार र क्युएफएक्स सीनेमाकोे टिकेट प्राप्त गर्नेछन ।

यस एजुकेशन फेयरको टाइटल स्पोन्सरमा एजुकेशन पार्कर इन एशोसिएशन विथमाग्रेस इन्टरनेशनल रहेका छन । फेयरको मेन स्पोन्सरमा युनिक्याम्पस, पावर्डबाइमाप्याकएसिया , सपोर्टेडबाइमा राईटपाथ करियर काउन्सिलिङ, प्लाटिनम स्पोन्सर्समा एक्सेस एजुकेशन र इनसर्च इन्टरनेशनल, डाईमण्ड स्पोन्सर्समा ग्लोबल रिच र ईन्सपायर ग्लोबल एजुकेशन, गोल्ड स्पोन्सरमा द नेक्स्ट एजुकेशन, सिल्भर स्पोन्सरमा मिराकल इन्स्टिच्युट, ब्रन्ज स्पोन्सरमा नेप्कम्स सर्भिसेस र स्पोन्सरमा काश्की एजुकेशन, स्टडी वल्र्ड र बौद्ध एजुकेशन रहेका छन् ।

संस्थाले मंगलबार प्रेस विज्ञप्ती जारी गरी मेलामा नेपाली विद्यार्थी तथा अभिभावकलाई यस महत्वपूर्ण अवसरलाई सदुपयोग गर्न आग्रह गरेको छ । यस अवसरमा, विभिन्न संचार माध्यमहरु मार्फत आम नेपाली विद्यार्थी तथा आभिभावक वर्गमा सूचना सम्प्रेषित गरिदिन समेत आग्रह गरेको छ ।

You might also like

Comments are closed.