पोखरामा फागुन १७ देखि सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल हुने

आर्थिक आवाज
पोखरा, २८ पुस । सिटी रेवानको आयोजनामा फागुन १७ देखि २५ गतेसम्म ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ हुुने भएको छ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने सातौं संस्करणको महोत्सवको तयारीलाई तिब्र बनाइएको सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति सहित खानाका विभिन्न परिकारहरुको मज्जा महोत्सवमा लिन सकिने उनले बताए । ‘अन्य मेला तथा महोत्सव तथा सिटी रेवानले आयोजना गरेको महोत्सव फरक खालको हुन्छ,’ उनले भने, ‘यस पटक मेलालाई परिमार्जित गरी थप आकर्षक र व्यवस्थित बनाउनेछौं ।’

पप कन्सर्ट, गृहिणी नृत्य प्रतियोगिता, भजन चुड्का, ढिडो खाने प्रतियोगिता लगायत विविध मनोरञ्जनात्मक कार्यक्रम महोत्सवमा गरिने तिमिल्सिनाले जानकारी दिए । महोत्सवमा खाना, कृषि, हस्तकला, स्थानीय उत्पादन लगायतका स्टलहरु राखिने महासचिव जीवन दाहालले जानकारी दिए । शिवरात्रीका अवसरमा महोत्सव हुने भएकाले वृहद शिवलिङगको स्तम्ब बनाइनेछ ।

यसैबीच महोत्सवमा यस पटक क्यान कास्कीसँग सहकार्य गरी सूचना प्रविधि मेला पनि सँगै हुने भएको छ । प्रदर्शनी केन्द्रस्थित डोममा क्यानले सूचना तथा प्रविधिसँग सम्बन्धित विभिन्न स्टलहरु राख्नेछ ।

You might also like

Comments are closed.