पोखरा । फोक्सवेगन गाडीकोएक्सचेञ्ज तथा सर्भिस क्याम्प पोखरामा मंगलबारबाट सञ्चालन हुने भएको छ । पोखरा क्षेत्रको आधिकारिक बिक्रेता आउटड्राइभ मोटर्स प्रालि नागढुंगामा फागुन २३ गते शुक्रबारसम्म क्याम्प चल्नेछ ।
एक्सचेञ्ज क्याम्पमा नगद छुट, स्पोर्ट भ्यालुएसन, एक्चेन्ज बोनस, गिफ्ट ह्याम्पर लगायत अन्य अफर ग्राहकलाई प्रदान गरिने आउटड्राइभका निर्देशक नितेश द्वाले जानकारी दिए । सर्भिस क्याम्पमा २४ पोइन्ट फ्रि चेकअप, स्पेयर्स पार्टस, डेन्टपेन्ट र इन्जिन वेलमा विशेष छुट प्रदान गरिने निर्देशक राज बजिमयले जानकारी दिए ।
जर्मनमा उत्पादित फोक्सवेगनका लागि नेपालको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल काठमाडौं हो । फोक्सवेगनका पोलो, भेन्टो, टिगवान लगायतका गाडी पोखरामा बिक्री भइरहेको प्रवन्ध निर्देशक पुनित वैद्यले जानकारी दिए ।
पोलो गाडी १६०० र १००० सिसीमा बजारमा उपलब्ध छ । पोलोको बजार मूल्य २९ लाख ४५ हजार रुपैयाँबाट सुरु छ । टिगवान एसयुभी गाडी हो । यसको मूल्य १ करोड १४ लाख रुपैयाँबाट सुरु छ । फेमिली एसयुभी भएकाले ५ र ७ सिटमा यो गाडी उपलब्ध छ ।
फोक्सवेगनका गाडीहरु १५ हजार कि.मी.सम्म निर्धक्क चलाएर सर्भिसिङ गर्न सकिन्छ । अन्तर्राष्ट्रिय गाडीको व्यापारमा पछिल्ला दुई वर्षमा फोक्सवेगन अग्र पंक्तिमा रहेको वैद्यले बताए । ‘बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेर सर्भिस सेन्टरलाई विस्तार गरिएको छ,’ उनले भने ।
Comments are closed.