पोखरामा फोर्ड गाडीको मेघा एक्सचेन्ज डिस्प्ले एण्ड टेस्ट ड्राइभ हुँदै

आर्थिक आवाज
पोखरा, १७ पुस । फोर्ड गाडीको आधिकारिक बिक्रेता अटोभन्चर प्रा.लि.को आयोजनामा पोखरामा मेघा एक्सचेन्ज डिस्प्ले एण्ड टेस्ट ड्राइभ हुने भएको छ । जनवरी ३ देखि ५ (पुस १९ देखि २१) सम्म एक्स्चेन्ज सञ्चालन हुने प्रवन्धक छबि गौतमले जानकारी दिए ।

एक्सचेन्ज अफरमा बेस्ट स्पट भ्यालुएसन, फ्रि गिफ्ट ह्याम्पर, फ्रि एसेसरिज तथा स्पेशल क्यास डिस्काउन्टको सुविधा रहेको गौतमले जानकारी दिए । जुनसुकै ब्राण्डका पुराना गाडीहरुको सट्टामा नयाँ गाडी खरिद गर्न सक्ने उनले बताए ।

You might also like

Comments are closed.