पोखरामा बजाजको सर्भिस सेन्टर मंगलबारबाट खुल्ने

पोखरा । लकडाउनका कारण बन्द रहेको बजाज शोरुमको सर्भिस सेन्टर खुल्ने भएको छ । बजाजको आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइल्स प्रालिले नयाँबजारको सर्भिस सेन्टरलाई वैशाख ३० गते मंगलबारबाट खोल्ने निर्णय गरेको प्रवन्धक भगवान विजुक्छेले जानकारी दिए ।

‘अब सर्भिस र स्पेयर पार्टसको काम हुनेछ,’ उनले भने, ‘लकडाउनका कारण मर्कामा परेका ग्राहकलाई सहज हुनेछ ।’ शोरुम विहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुला रहनेछ ।

You might also like

Comments are closed.