पोखरामा बन्दैछ अन्तर्राष्ट्रियस्तरको अपार्टमेन्ट, एक वर्षमा सकिदै, ७५ प्रतिशत बुकिङ

सुरेन्द्र पौडेल
पोखरा । कम्फर्ड गुडविल डेभलपर्स प्रालिले पोखरामा अपार्टमेन्ट निर्माण गरिरहेको छ । पोखराको मुख्य बजार महेन्द्रपुलको नजिकै तेर्सापट्टीमा ‘पोखरा रेसिडेन्सी अपार्टमेन्ट’ निर्माण भइरहेको भएको हो । साढे ६ रोपनी जग्गामा निर्माणाधीन अपार्टमेन्टको ७५ प्रतिशत बुकिङ भइसकेको प्रशासन तथा वित्त डाइरेक्टर गुडाखर सापकोटाले जानकारी दिए ।

‘अपार्टमेन्ट निर्माण सुरु भएको २० महिना भएको छ,’ उनले भने ‘अबको एक वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको काम भइरहेको छ । जहाँ १ सय ७ वटा अपार्टमेन्ट हुनेछन् ।’ २ बेड, ३ बेड र ४ बेडका अपार्टमेन्ट तयार हुने उनले बताए । १० तलाको अपार्टमेन्टमा अन्तर्राष्ट्रियस्तरका सम्पूर्ण सेवा सुविधा उपलब्ध रहने सापकोटाले जानकारी दिए । ‘पोखरामा पहिलो पटक पाइलिङ प्रविधि प्रयोग गरेर भूकम्प प्रतिरोधी भवन बनाउन लागिएको छ,’ उनले भने ।

३ वटा कम्पनी अन्तर्गत १० जनाको लगानीमा अपार्टमेन्ट बन्न लागेको हो । कम्फर्ट हाउजिङ काठमाडौंका नरेन्द्र बज्राचार्य र राजेशकृष्ण सिंह श्रेष्ठ, वि.एण्ड.बि. हाउजिङ पोखराका विमला बसेल र होमबहादुर बसेल (विमल), गुडविल रियलस्टेटबाट गुडाखर सापकोटा र डिबी गुरुङ लगायत १० जनाको संयुक्त लगानी छ ।

एक अर्ब ४० करोड रुपैयाँ लगानीमा निर्माणाधीन अपार्टमेन्टमा १ करोड ३० लाख रुपैयाँदेखि २ करोड ३६ लाख रुपैयाँसम्मका अपार्टमेन्ट उपलब्ध रहेको सेल्स मार्केटिङ डाइरेक्टर डी.बी. गुरुङले जानकारी दिए । ‘८ सय ८८ देखि १६ सय ७७ स्वायर फिटसम्मका अपार्टमेन्ट छन्,’ उनले भने ।

फुल्ली फर्निस, स्वीमिङ पुल, प्रशस्त पार्किङ, जिम हल, योगा हल, कार्यक्रम हल, ज्याकुजी, सोना बाथ, २४ घण्टा सेक्युरिटी, सिसी टिभी, तातो चिसो पानी, ४ वटा लिफ्ट, फायर फाइटिङ, फायर एक्जिट, पोखराको मूख्य बजारमा अवस्थित लगायत विविध विशेषता अपार्टमेन्टमा रहेको गुरुङले जानकारी दिए । नक्सा पास गरेर स्वीकृति लिएर अपार्टमेन्ट बनाउन आफूहरु सफल भएको गुरुङले बताए ।

पोखरामा पछिल्लो समय बस्ती बढिरहेको अवस्थामा अपार्टमेन्टको आवश्यकता महसुस गरी लगानी गरिएको प्रशासन तथा वित्त डाइरेक्टर सापकोटाले बताए । ‘थोरै जग्गामा धेरै परिवार बस्न मिल्ने गरी अपार्टमेन्ट बनाउँदा जग्गा खण्डीकरण रोक्नमा समेत योगदान पुग्छ,’ उनले भने । जग्गाको मूल्य बृद्धि नियन्त्रणका साथै राजश्वमा वृद्धि गर्नसमेत अपार्टमेन्टमा लगानी आवश्यक रहेको उनले बताए । ‘पर्यटकीय नगरी पोखरालाई अन्तर्राष्ट्रिय सहरको पहिचान दिन यस्ता अपार्टमेन्टमा लगानी आवश्यक छ,’ उनले भने ।

You might also like

Comments are closed.