पोखरामा ब्लसिनपल पार्लर संचालन हुदैे

पोखरा, २८ भदौ ।
पोखराका महिला उद्यमीले संयुक्त लगानीमा नयाँ ब्यवसाय गर्ने भएका छन् । ब्यवसाय क्षेत्रमा लामो अनुभव पछि उनीहरुले संयुक्त रुपमा पार्लर संचालन गर्न लागेका हुन् । ब्लसिनपल यूनिसेक्स पार्लर खोल्न लागिएको उनीहरुले बताएका छन् । रत्न इम्पोरियम चिप्लेढुङगाकी सञ्चालक बिमला श्रेष्ठ, आलमोन्डस क्याफे चिप्लेढुङगाकी सञ्चालक शान्ति श्रेष्ठ उदास, एस बज्राचार्य सुनचाँदी पसल महेन्द्रपुलकी सञ्चालक संगीता तुलाचन बज्राचार्यको समूहले पार्लर संचालन गर्न लागेका हुन् ।

पोखरामा बढ्दै गएको फेसन र सौन्दर्यताको क्रेजलाई समातेर ब्यवसाय गर्न लागेको उनीहरुले बताए । ‘ब्राण्ड र क्लालिटी खोज्न पोखरेली काठमाण्डौं पुग्छन् । हामी पनि राम्रो ब्राण्डको सेवा दिन सक्छौं भन्ने सन्देश दिनुछ, उनीहरुले भने–पोखरा अव काठमाण्डौं भन्दा अगाडी हुनेछ । बाहिरका मान्छेलाई पोखरा बोलाउने हैसियत हामी बनाउछौं ।’ पुरुषको र महिलाहरुको लागि फेसन र पर्सनालिटी कायम गर्ने उच्च प्रविधियुक्त र ग्राहकमैत्री पार्लर सञ्चालन गर्न लागिएको हो । पार्लरलाई नेपाली फिल्म इन्डष्ट्रिजका नायक आयूष्मान देशराज जोशी श्रेष्ठ, आशिरमान देशराज जोशी श्रेष्ठ, नायिका प्रियंका कार्की, बैंकर महिला रविना देशराज, बरिष्ठ सौन्दर्यबिद कमला श्रेष्ठको उपस्थितमा शनिवार उद्घाटन गरिनेछ ।

You might also like

Comments are closed.