पोखरामा भाङग्रा तथा ढाका बुनाई तालिम शुरु

पोखरा, ३१ बैशाख

‘सिप सिकौं स्वरोजगार बनौं ‘ भन्ने उदेश्यका साथ तमु भाङ्ग्रा हस्तकला उद्योग र द हाईल्यान्ड ढाका उद्योग को सयुक्त आयोजनामा निशुल्क भाङग्रा तथा ढाका बुनाई तालिम शुरु भएको छ । तालिमकोे सोमवार १ कार्यक्रमका विच उद्घाटन गरिएको छ । तालिम २ महिना सम्म चल्नेछ ।

तालिममा सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग रहेको छ । तालिममा ७० जना महिला सहभागि छन् ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी सामाजिक विकास मन्त्रालयका सचिव दिर्घनारायण पौडेलले तालिम लिएपछि सिकेका शिपको सदुपयोग गरी आत्मनिर्भर बन्नुपर्ने बताए ।

तमु भाङ्ग्रा हस्तकला उद्योगका प्रोपाईटर पवित्रा गुरुङले महिलालाई सिप सिकाएर आत्मनिर्भर बनाउनको लागि तालिम संचालन गरिएको बताईन् । तालिमले महिलालाई उद्यमी बन्नतर्फ प्रेरित गर्ने उनको भनाई छ । जनसेवा श्री बाट विभुषित भएकोमा गुरुङलाई प्रमुख अतिथी दिर्घनारायण पौडेल र नोभा इन्टरनेशनल इन्ष्टिच्युटका म्यानेजिङ डाईरेक्टर सवि शेचनले सम्मान गरेका थिए ।

कार्यक्रममा आदीवासी महासंघ महानगर समन्वय परिषद्का अध्यक्ष जंगवहादुर गुरुङले तालिम फलदायी हुने बताए ।

ङयोए तमुधीं कास्कीका उपाध्यक्ष बुद्धिमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन काशीमाया गुरुङले गरेकी थिईन् । तालिममा सुकमाया गुरुङ, तारा पुर्जा, शर्मिला गुरुङ, पुजा परियार, सरस्वती बगाले लगायतले सहजीकरण गर्नेछन् ।

You might also like

Comments are closed.