पोखरामा भित्रियो टाटा एनआरजी, आकर्षक डिजाइनमा योङगेस्ट सीयूभी

आर्थिक आवाज
पोखरा, ८ माघ । टाटा मोटर्सको ह्याचब्याक कार एनआरजी पोखरामा बिक्री सुरुवात भएको छ । सोमबार एक कार्यक्रमका बीच एनआरजीको लन्च गरिएको हो । एक कार्यक्रमका बीच टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र पोखरा क्षेत्रको आधिकारिक बिक्रेता दीप मोटर्स प्रालिले उक्त कार सार्वजनिक गरेको हो ।

नेपालकै सबैभन्दा योङगेस्ट सीयूभीको रुपमा टाटा एनआरजीलाई नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । बेजोड डिजाइन र प्रविधि रहेको टाटा एनआरजीले नेपाली बजारमा एउटा विशेष स्थान हासिल गर्ने बताइएको छ । सिप्रदी ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिट (पीभीबीयू) हेड सावन्तजङ सिजापतीले आगामी दिनमा नेपाली बजारमा सो गाडीले राम्रो बजार लिने विश्वास व्यक्त गरेका छन् ।

एनआरजी अंग्रेजी शब्द इनर्जीका बीचका तीन वटा स्पेलिङ मिलाएर यो शब्द बनेको हो । त्यसैले खासमा यसलाई टाटा इनर्जी पनि भनिन्छ ।

नेपाली बजारमा एनआरजीको पेट्रोल भेरिएन्ट उपलब्ध हुनेछ । यसमा रहेको ११९९ सीसीको ३ सिलिन्डर पेट्रोल इन्जिनले ८५ पीएस पावर र ११४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड म्यानुअल गियरबक्स छ ।

यसको टेलगेट तथा दुबै साइडमा मस्कुलर क्लाइडिङ तथा अगाडि र पछाडि बम्परमा सिल्भर कलरको रग स्किड प्लेट राखिएको छ । कालोे रङको छत छ भने यसमा रुफ रेलको पनि प्रयोग गरिएको छ । १४ इन्चको फोर स्पोक ड्युअल टोन एलोई ह्विल भएको सो कारको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ । यसमा ३५ लिटरको इन्धन ट्यांकी छ ।

यसको क्याविनमा पूरै ब्ल्याक कलरको प्रयोग गरिएको छ र कतै मात्र अरेन्ज कलरको लाइनिङ छ । यसमा ५ इन्चको थ्रीडी नेभिगेसनसहितको टच–स्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । टाटाले आफ्नो कारमा प्रयोग गर्दै आएको हर्मनको सो इन्फोटेनमेन्ट सिस्टममा आठवटा स्पिकर छन् । पछिल्लो भागमा स्टोरेजका लागि २४२ लिटरको बुट स्पेस छ ।

यसमा स्ट्यान्डर्ड सेफ्टी फिचरको रुपमा ड्युअल फ्रन्ट एयरब्याग, रिभर्स पार्किङ असिस्ट, स्मार्ट रियर वाइपर, ड्राइभर सिट रिमाइन्डर, ईबीडीसहितको एबीएस र कर्नर स्ट्याबिलीटी कन्ट्रोल, आर्मोड बडी तथा क्याविन र फलोमी हेडल्याप आदि उपलब्ध छन् । विभिन्न तीन कलर अप्सनमा उपलब्ध हुने टाटा एनआरजीको इन्ट्रोडक्टरी मूल्य २९ लाख ५५ हजार रुपैयाँ रहेको दीप कोटर्सका तेजराज बास्तोलाले जानकारी दिए ।

You might also like

Comments are closed.