पोखरामा मनाइयो टोपी दिवस, प्रदेश प्रमुख लगायतलाई दिइयो उपहार (फोटो फिचरसहित)

आर्थिक आवाज
पोखरा, १८ पुस । जनवरी १ अर्थात नेपाली टोपी दिवसको अवसरमा पारेर छैटौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पोखरामा मनाइएको छ । नव गठित ‘नेपाली टोपी प्रतिष्ठान कास्की’ नामक सामाजिक संस्थाले गण्डकी प्रदेश प्रमुख वावुराम कुंवरको प्रमुख आतिथ्यतामा उनकै निवासमा पुगि नेपाली टोपी प्रदान गरेर कार्यक्रम शुरुआत गरेको संस्थाका अध्यक्ष महेश्वर सिंह भण्डारीले जानकारी दिए ।

संस्थाले गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, गण्डकी प्रदेश सांसद दीपक कोइराला, विन्दुकुमार थापा र राजिव पहारीलाई नेपाली ढाका टोपी लगाएर सम्मान गरेको हो ।

प्रदेश प्रमुख सचिव लक्ष्मीराम पौडेल, प्रदेश प्रहरी प्रमुख दान सिंह बोहोरा, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, सहायक प्रजिअ राजेश पन्थी, पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछाने, सहायक प्रमुख सूर्य थपलियालाई नेपाली ढाका टोपी प्रदान गरिएको भण्डारीले जानकारी दिए ।

नवगठित संस्थाका अध्यक्ष एवं टोपी दिवसका संयोजक महेश्वर सिंह भण्डारी भन्छन्, ‘नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपाली मूल भाषीहरुले आ–आफ्नो धर्म जाति र संस्कृतिअनुसार पहिरिने सबै प्रकारका टोपी, नेपाली टोपी नै हुन्, नेपाली टोपी, नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश र स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न हो ।’

नेपाली टोपी दिवसलाई जनवरी १ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य, अंग्रेजी नयाँ वर्षलाई विशेष प्राथमिकता दिई सहभागी हुने परम्परालाई निरुत्साहित गरी सो दिनलाई नेपाली टोपी दिवसको रुपमा स्थापना गरी नेपाली टोपीलाई नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको प्रतिष्ठानका सचिब सचिन रानाभाटले बताए । नवगठित सामाजिक संस्थाको उपाध्यक्षमा सिए उवेक कुमार श्रेष्ठ, कोषाध्यक्षमा रोहित गिरी, सदस्यहरुमा पुकार पुन, अनिषा बिक, निरज गुरुङ छन् ।

footwear exchange
You might also like

Comments are closed.