पोखरामा मनाइयो ६१औं सहकारी दिवस, उत्कृष्ट सहकारी सहित सहकारीकर्मीलाई सम्मान

पोखरा, २० चैत । ‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ नाराका साथ ६१औं राष्ट्रिय सहकारी दिवस पोखरामा मनाइएको छ । कास्कीमा रहेका सहकारीको सहभागितामा मंगलबार पोखरामा बृहद सहकारी ¥याली निकालिएको छ । ¥याली पछि आयोजित सहकारी सभामा कास्कीका उत्कृष्ट सहकारी, पदाधिकारी, कर्मचारीलाई सम्मान गरिएको छ ।

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयको वार्षिक मूल्यांकन अनुसार यस वर्ष उत्कृष्ट सहकारीतर्फ विशाल को–अपरेटिभ, फेवा बहुउद्देश्यीय सहकारी, मुनाल सहकारी, सुरक्षा पालुवा सहकारी, बाटिका सहकारी र उन्नति बचत तथा ऋण सहकारी संस्था सम्मानित भए । अध्यक्ष तर्फ जनचेतना सहकारीका सरस्वती राना, महिला सीप विकास सहकारीका रामकली खड्का, उपाध्यक्ष तर्फ शिशुवा कृषि सहकारीका विष्णु भण्डारी, उत्कृष्ट सचिवमा सराङ्कोट बहुउद्देश्यीय सहकारीका कृष्ण थापा, कोषाध्यक्षमा इन्द्रेणी सहकारीका धर्मराज बराल सम्मानित भए ।

अभियानकर्ताको रुपमा संघका पूर्व अध्यक्ष एवं सभासद् प्रभा कोइराला, व्यवस्थापक तर्फ सयपत्री सहकारीका विकास सुवेदी, आमामीलनका ध्रुव पौडेल, प्राइमका सुरेन्द्र पौडेल, एकता सहकारीका सीमा थापा, सकृय सहकारीका सविता बराल र धनुष सहकारीका जगत पौडेल, कार्यालयको कर्मचारी तर्फ गुरु प्रसाद पौडेल, लेखा समिति तर्फ रुपा बहुउद्देश्यीय र माछापुच्छे« सहकारीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकबाट उत्कृष्ट कारोबार बचत तर्फ सराङकोट बहुउद्देश्यीय सहकारी र फेवा बहुउद्देश्यीय सहकारीलाई सम्मान गरिएको छ । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सहकारीले सहकार्यपूर्ण कार्य गरी देश विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने र सरकारले नियम बमोजिम गर्नुपर्ने बताए ।

प्रदेश ४ का भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्री लेख बहादुर थापाले सहकारी आर्थिक सहभागिता देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेकोले उत्पादनमुखी कार्यमा लगानीको ३० प्रतिशत गर्नुपर्ने बताए । अबको ३ वर्षमा कृषिमा आत्मनिर्भर हुने नीतिमा सहकारीको साथ सहयोग रहनुपर्ने बताए ।

संघका पूर्व अध्यक्ष एवं सभासद् प्रभा कोइरालाले आम सहकारीमा महिला सहभागिता कमी भएकोले सदस्यसँगै नेतृत्वमा आउनुपर्ने बताइन् । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्राचार्य बद्रीनाथ अधिकारीले सहकारीहरु उत्पादन र सामाजिकमुखी हुनुपर्ने र कास्कीमा रहेका कुल ६७० सहकारीहरु मध्ये ३५५ सहकारी मात्र पूर्ण कर्याालय अनलाइनमा आएकोले सम्पूर्ण सहकारी प्रविधिमैत्री हुनुपर्ने बताए ।

सहकारी दिवस मूल आयोजक समितिका संयोजक एवं जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका केन्द्रीय संचालक राम बहादुर जिसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, दुग्ध सहकारी संघका संचालक युवराज पराजुली, जिल्ला समन्वय समितिका प्रमुख बैन बहादुर क्षेत्री, संघका बरिष्ठ उपाध्यक्ष बलराम गौतम, महिला उपाध्यक्ष सावित्रा कोइराला, महासचिव छविलाल लामिछाने लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा कास्की बचत तथा ऋण सहकारी संघद्वारा प्रकाशित बुलेटिनको विमोचन र उपस्थित सहकारी मध्ये उत्कृष्ट सहकारी, सहयोगी सहकारी संस्थाहरुलाई सम्मान गरिएको थियो । ¥यालीमा विषयगत सहकारी संस्थाहरुले कृषिका विविध विषय झल्कने प्रविधिहरु सहितको सहभागिता रहेको थियो । ५ दिनसम्म विविध कार्यक्रम गरी सहकारी दिवस मनाउने क्रममा यस अगाडि रक्तदान, सरसफाइ, प्रचारप्रसार लगायत विविध कार्यक्रम गरिएको संघका अध्यक्ष रविरमण तिवारीले जानकारी दिए ।

You might also like

Comments are closed.