पोखरामा महिला हिसां विरुद्ध आत्मरक्षाका खेलकुद कार्यक्रम हुने

पोखरा,माघ २७
पोखरामा फागुन १ गतेदेखि महिला हिसां विरुद्ध आत्मरक्षाका खेलकुद कार्यक्रम हुने भएको छ । समाजमा गएपछि आत्मरक्षाका कार्यक्रमहरु आउन थालेका छन् । पछिल्लो महिला तथा बालबालिका लक्षित हिसां बढ्दै गएपछि महिला विरुद्धको हिसां रोक्ने कार्यक्रमलाई खेलकुदसँग समेत समेट्न खोजिएको गण्डकी प्रदेश तेक्वान्दो सघंका अध्यक्ष जगन गुरुङले जानकारी दिए ।

गण्डकी प्रदेश प्रहरी कार्यलय र नोवाज आर्क स्र्पोटस साईन्स कलेज लगायतका संस्था आयोजकमा कार्यक्रम गर्न लागिएको हो ।
१ गते देखि पोखरा रगांशालामा संचालन हुने सो प्रशिक्षण ६ दिने हुने सोहि टिमका प्रशिक्षक डा. नमरजङ गुरुङले जानकारी दिए ।
१३ बर्ष भन्दा माथिका छात्रा एवंम महिलाहरु लाई लक्षित गरी प्रदान गरीने सो आत्म रक्षा प्रशिक्षणमा कोरीयाका प्रसिद्घ प्रशिक्षक रहेको सोहि टिमका प्रशिक्षक डा.गुरुङले जानकारी दिए ।

विशेष गरी ८ कक्षा भन्दा माथिको छात्रालाई लक्षित गरीएको सो प्रशिक्षणले मानव जीवनमा आइपर्ने घटनासंग तत्काल कसरी सामाना गर्ने भन्ने विषयवस्तु समेटिएको छ । सो प्रशिक्षणमा झण्डै चार सय विद्यार्थी सहभागि हुने आयोजक मध्ये जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी उपरीक्षक ओम राना मगरले जानकारी बताए कार्यक्रममा विद्यार्थी बाहेक तेक्वान्दो,बक्सिङ्ग लगायत सबै मार्सलआर्ट खेलसंग सम्बद्ध एक सय प्रशिक्षकहरुलाई प्रशिक्षण दिइनेछन् । त्यसका लागि कोरीयाका योमीङ युनिभर्सिटिका पा.डा.लिङ सङ गिल लगायतका ६ जनाको टोली पोखरा आइसकेको छ ।

You might also like

Comments are closed.